Saturday, February 4, 2017

नयाशक्ति पार्टि कतार शाखाको आंगिक संगठन अन्तरास्ट्रिय मधेश बिभागको घोसणा।

ध्रुब क्षेत्री , दोहा कतार -सम्रिद्दी सम्भब छ हाम्रै पालामा’ हामीले नगरे कसले गर्ने, भन्ने नारा दिएर निर्मार्ण भएको नयाशक्ति पार्टि नेपाल प्रबास साखा अन्तर्राष्ट्रिय नेपाली समाज कतारको आंगिक बिभाग अन्तरास्ट्रिय मधेश सक्ति घोसणा सभा हिजो सुक्रबार २१ माघ २०७३ का दिन दोहा स्थित ढाका रेस्टुरेण्टको सभा-हलमा भव्यता का साथ् सम्पन्न भएको छ! अन्तर्राष्ट्रिय नेपाली समाज कतार का संयोजक तथा नयासक्ति पार्टी नेपालका अन्तरिम परिसद सदस्य बि बि खराल को प्रमुख अतिथ्य, नयासक्ति कतार का सहसंयोजक तथा संगठन बिभाग प्रमुख लाल भट्ट, प्रादेशिक कमिटि सदस्य तथा संगठन का प्रवक्ता ध्रुब क्षेत्री , को बिसेष उपस्थिति रहेको भेलामा संगठन का कोषा-अध्यक्ष देब परियार , दलित बिभागका संयोजक क्रिस्ण परियार , अनुसासन बिभाग का संयोजक दुर्गा भुसाल , युवा बिभाग का संयोजक होम उप्रेती , जनजाति बिभाग का संयोजक दिलिप लोप्चन , ओक्रा क्षेत्रका संयोजक रामजी सुबेदी , राजु पुडासैनी , सी सी सुबेदी , सन्तोष बस्नेत लगाएत का सचिवालय सदस्यहरुको उपस्थिति थियो भने कतार का बैचारिक तथा सामाजिक सस्थाका प्रतिनीधिहरु नेपालि जनसम्पर्क समिती कतारका महामन्त्री माे. अजिज अलि, नेपालि महिला समाज कातरकि अध्यक्ष रेखा राइ , लिम्बुवान मोर्चाका बरिस्ट उपा-अध्यक्ष तिलविक्रम थेबे, नेपालि एकता समाज कतार का कॉशा-अध्यक्ष धन ब परियार, नेपालि दलित समाज कतार , परियार मित्रता समाज कतार, जनप्रगतिशिल मंच कतार का उपा-अध्यक्ष रकम राइ लगाएतको अतिथ्यमा भेला सम्पन्न भएको थियो! संगठन का सचिब राम संजेल ले संचालन गर्नु भएको क्रयक्रमको अध्यक्षता बिभागका संयोजक नबिराज खानले गरेका थिए भने सल्लाहकार तन्भिर आलम ले आगन्तुक सबैलाई स्वागत गर्नु भएको थियो!

मधेश बिभाग को घोसर्णा सभालाई उपस्थित सबै बैचारिक तथा सामाजिक सस्थाका प्रतिनिधि हरुले आफ्नो शुभकामना संदेश बेक्त गर्दै अन्तर्राष्ट्रिय नेपाली समाज कतार ले संगठन बिस्तार को क्रममा मधेसी जनता र मधेश को सम्मान तथा उनीहरुलाई विदेश मा पनि जागरूक गर्न गरेको प्रयाश प्रति कृतज्ञत बेक्त गर्दै नेपाल मा भएको भाग बंडा को राजनीतिक खिचातानी र जातिया वा बिबेध को लडाइ को अन्त्य भए मात्र डक्टर भटराई द्वारा प्रतिपादन गरिएको आर्थिक क्रान्तिको नाराले सार्थकता पाउने बताएका थिए !

भेलामा विभिन्न राजनीतिक सस्था तथा स्वतन्त्र बेक्तित्वहरु किरण परियार लगाएत का २५ जना नयासक्ति पार्टी नेपाल को नीति संग् सहमत भइ सङ्गठन मा ध्रुविकृत हुनु भएको छ! उक्त भेलाले बिभागको संयोजक मा नबिराज खान, सह संयोजकमा दोया , सुभाष चौदरी, तर्केश्वर यादब , सचिब मा इजाज मिकरानी, कोषा-अद्क्ष्यमा आलम खान साथै रमेश सिङ्ग खाती , तन्भिर आलम मोली आलम खान लाइ सल्लाकार मा सर्ब सम्मत चयान गरेको छ भने ५१ सदसीय कार्य समितिका सदस्यहरु को नाम घोसर्णा गरिएको थियो!

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...