Saturday, February 11, 2017

अमेरिकन दुताबास द्वारा शिक्षण उत्कृष्टता तथा उपलब्धि (टि ) कार्यक्रमको घोषणा ,माध्यमिक शिक्षकलाई अमेरिका जान पाउने ठुलो अवसर !

काठमाडौँ स्थित अमेरिकन दुतावासले गत फेब्रुअरी १० तारिख छापा बिज्ञप्ति मार्फत वित्तीय बर्ष २०१७ टिचिंग एक्सिलेंन्स एण्ड एचिभ मेन्ट प्रोग्राम (शिक्षण उत्कृष्टता तथा उपलब्धि कार्यक्रम ) को घोषणा गरेको छ l

उक्त बिज्ञप्तिमा छ-हप्ता शैक्षिक कार्यक्रम को लागि निवेदनको लागि आव्हान गर्दै आवेदन स्वीकार गर्ने जनाएको छ l बिशेष गरि माध्यमिक स्तरका अंग्रेजी ,गणित , सामाजिक शिक्षा तथा बिज्ञान का शिक्षकहरुले उक्त कार्यक्रममा सहभागी हुन् पाउने भएका छन् l

पूर्ण कार्यक्रम जानकारीको साथै आवेदन सामाग्रीहरु सहित अमेरिकन दुताबासको आधिकारिक संजालमा नत्थी गरि राखिएको छ । सबै आवेदन मंगलवार, फेब्रुअरी २८ ,२०१७ सम्म प्राप्त गर्नु पर्ने उक्त सूचनामा जनाएको छ l

अत्यन्तै प्रतिस्प्रद्धा हुने उक्त कार्यक्रम मा छनौट भएका शिक्षकलाई आतिथ्य गर्ने अमेरिकन बिश्व बिद्यालयले अमेरिका लगेर बिसेष तालिम दिने समेत गर्ने छ l यसको लागि शिक्षकहरु पूर्णकालिक काम गरेको र स्नातक उत्रीण गर्ने हुनु पर्ने छ l र छनौट भएका शिक्षकलाई खर्च आयोजकले समेत बेहोर्ने लेखेको छ l

बिस्तृत जानकारीको लागि अमेरिकन राजदुताबासको आधिकारिक संजाल मा हेर्न अनुरोध छ l

http://bit.ly/2kgUYx2

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...