Sunday, February 19, 2017

लेनदेन गरेको भेटिए मूल्य चुकाउन तयार छुः मन्त्री थापा

८ फागुन, चितवन । स्वास्थ्यमन्त्री गगन थापाले आफ्नो मन्त्रालयमार्फत हुने नियुक्ति लगायतका काममा कसैले पैसा लिएको पाइए त्यसको नैतिक जिम्मेवारी लिने बताएका छन् ।

उनले भनेका छन्, ‘मेरो मन्त्रालय मार्फत भएको कुनै पनि नियुक्ति लगायतको कुरामा पैसामात्र के एक गिलास पानी पनि लेनदेन भएको रहेछ भने पनि त्यसको नैतिक जिम्मेवारी मैले लिने हो, जतिसुकै मूल्य चुकाउन तयार छु ।’

 

साथै उनले त्यसमा संलग्न कोही छ भने उसले मूल्य चुकाउन तयार हुनुपर्ने बताए ।

चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री थापाले भरतपुर क्यान्सर अस्पतालका अध्यक्ष र कार्यकारी सदस्यले प्रतिवेदन अनुसार काम गरे नगरेको अध्ययन भइरहेको बताए ।

उनले भने, ‘हामीलाई सुधार भएको छ भन्ने लाग्यो भने अघि बढ्छ । सुधार भएको छैन भने हामीले स्पष्टिकरण पत्रमा भनेका छौं, यो-यो काम गर्नुभएन भनेर निष्कासन गर्छौं र कानुनअनुसार कारबाही गर्छौं ।’

अस्पतालका अध्यक्ष डा. प्रकाशराज न्यौपाने र कार्यकारी निर्देशक डा. चिनबहादुर पुनले माघ २० गते आफुहरुले गरेको कामको प्रतिवेदन वुझाइसकेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...