Wednesday, February 8, 2017

नेपालका वर्तमान राष्ट्रिय नेता तथा पूर्व प्रधान मन्त्रि केपी शर्मा ओली प्रवासी नेपाली मञ्चको अधिवेशनका लागि अमेरिका आउने

अमेरिकामा चार बर्ष अगाडी स्थापना भएको प्रवासी नेपाली मञ्चको अधिवेशनको लागि नेपालका वर्तमान राष्ट्रिय नेता तथा पूर्व प्रधान मन्त्रि केपी शर्मा ओली आउने भएका छन् l

प्रमुख अतिथीका रुपमा पूर्व प्रधान मन्त्रि ओलीलाई प्रवासी नेपाली मञ्चको दोस्रो अधिवेसनमा निमन्त्रणा गरिएको छ l आगामी मार्च ३१ देखि अप्रिल २ सम्म अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा हुने मञ्चको अधिवेशनका लागि ओली आउन भएका छन् l

अमेरिकाको टेक्सास राज्यको ड्यालसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्चका सभापति थापाले प्रमुख अतिथि पूर्व प्रधान मन्त्रि ओली लगायत अन्य बिशेष व्यक्तिहरु पनि आउने जानकारी दिए l

दोश्रो अधिवेसन तीन दिन सम्म चल्ने अधिवेशनको पहिलो दिन उद्घाटन, दोस्रो दिन बन्दशत्र र तेस्रो दिन नेतृत्व चयनका कार्यक्रमहरु राखिएको जानकारी पत्रकार भेटघाटमा दिइएको छ l

पत्रकार सम्मेलनमा अमेरिकाका ५० राज्यहरु मध्ये २२ राज्यहरुमा प्रवासी नेपाली मञ्चका सदस्यहरु रहेको जानकारी दिइएको थियो भने ।मञ्चका १५ राज्य समिति, चार क्षेत्रीय समिति रहेका समेत बताईएको छ l यसै गरि अधिवेशन तयारीका लागि १३ वटा विभाग गठन गर्नुका साथै १ सय १ सदस्यीय तयारी उपसमिति समेत गठन गरेको छ l

स्थापना काल देखि नै सामाजिक सेवामा समर्पित संस्थाले समाजमा राम्रो काम गर्दै आएको जग जाहेर छ l मञ्चले समाज सेवा अन्तर्गत भुकम्प पीडितलाई राहत वितरण ,नेपाल मै छात्रवृत्ति दिने देखि लिएर अमेरिका आएकाहरुलाई बासको चाजो मिलाई दिने तथा रोजगारी अन्य क्षेत्रमा पनि हर कदम सहयोग गर्दै आएको छ ।

उक्त कार्यक्रममा वर्तमान अध्यक्ष संजय थापाले दोश्रो पटक नेतृत्वमा नआउने बताए भने साथीहरुलाई तयार रहन सुझाब दिएको बताए l स्थापना काल देखि राम्रो नेतृत्व प्रदान गर्दै आएका थापाले नेतृत्व न दोहोर्याउने भए पछि वर्तमान महा सचिव प्रभुराम थापा नेतृत्वमा जाने प्रवल सम्भावना रहेको बुझिएको छ l

वर्तमान महा सचिब थापा अध्यक्ष पदका लागि प्रत्याशी बने भने साथीभाईहरु संग सर्वसम्मति पनि बन्ने सम्भावना हुन सक्ने छ l थापा प्रष्ट वक्ता हुन् भने डीसी महानगर क्षेत्रमा निकै क्रियाशील रहेका छन् l उनि संग अनुभव रहनु को साथै बाल्टिमोर स्थित बानाका पूर्व महा सचिव तथा हाल बानाका सल्लाहकार समेत रहेका थापा लायन्स क्लब अफ बाल्टिमोर नेप्लिज्का सदस्य प्रमुख समेत छन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...