Monday, February 6, 2017

कार्यकारी आदेश बिरुद्ध एप्पल र माइक्रोसफ्ट सहितका ९७ कम्पनीद्वारा अदालतमा मुद्धा दायर

 
पुरुषोत्तम ढकाल, २५ माघ । राष्ट्रपति डोनाल्ड ट्रंपले गत साता कार्यकारी आदेश जारी गर्दै सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध बिरुद्ध सूचना र प्रविधिको क्षेत्रमा नेतृत्व गरिरहेका सिलिकन भ्यालीका प्रतिष्ठित कम्पनीहरुले अदालतको ढोका ढकढकाएका छन् । सूचना र प्रविधिको क्षेत्रमा महारथी मानिने एप्पल, गुगल र माइक्रोसफ्ट समेत सिलिकन भ्यालीका ९७ कम्पनीले राष्ट्रपति ट्रंपको कार्यकारी आदेश अमेरिकी कानुन र संबिधान बिरुद्ध भएको आरोप लगाउदै अदालत पुगेका हुन् । आइतबार ९७ कम्पनीको तर्फबाट अदालतमा दायर गरिएको मुद्धामा दावी गरिएको छ, ‘अचानक अमेरिका प्रवेशमा गरिएको परिवर्तनले सूचना र प्रविधिको क्षेत्रमा कार्यरत कम्पनीहरुले ठुलो नोक्सानी व्यहोर्नु परेको छ ।’ आइतबार दायर गरिएको मुद्धामा सूचना र प्रविधिलाई आधार मानेर ब्याबसाय गरिरहेका उबर, ट्विटर र नेटफ्लिक्सले समेत समर्थन जनाएका छन् । आइतबार सिलिकन भ्यालीका ९७ कम्पनीको तर्फबाट नाइन्थ सर्किट कोर्ट अफ अपिलमा मुद्धा दायर गरिएको थियो । यस अघि शुक्रबार ट्रंप प्रशासनको तर्फबाट डिपार्टमेन्ट अफ जस्टिसले कार्यकारी आदेश पुन: लागु गराउन दिएको पुनरावेदनको अपिल अमेरिकी अदालतले खारेज गरिसकेको छ । सूचना र प्रविधिको क्षेत्रमा नेतृत्व गरिरहेका सिलिकन भ्यालीका प्रतिष्ठित कम्पनीहरुले आइतबार हालेको मुद्धाको पक्षमा फेसबुक, इबे, इण्टल र सूचना र प्रविधिलाई आधार मानेर ब्याबसाय गरिरहेका कम्पनी लेबी स्ट्रास र चोबानीले समेत साथ् दिएका छन् ।
(एप्पल सीइओ टिम कुक. तस्बिर: एपी)

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...