Wednesday, February 1, 2017

डीसी महानगर क्षेत्रमा बसोबास गर्ने भुतपुर्ब सितेरियो खेलाडी हाल अमेरिकन मारिन गोजु कराते दुई डान उज्जवल ठकुरी ले एक पछि अर्को गर्दै नया कुरा किर्तिमान गर्ने प्रयासमा छन् l

उनले भ्यान ड्याम शैली मा दुवै खुट्टा फाडेर केवल दांतको भरमा ४० पाउण्ड उठाएका छन् l र खतरा भएकोले कसैलाई पनि घरमा कोसिस नगर्नु भन्दै आफुले दांतले उठाई नया अनौठो प्रयास गरेका छन् l

केहि समय अगाडी मात्र अमेरिका गट ट्यालेन्टको प्रारम्भिक चरणको लागि सहभागी जनाएर आएका थिए l ठकुरी गिनिज बुक अफ वर्ल्ड रेकर्डको नजदीक पनि रहेका छन l उनले सम्पूर्ण कागजात पठाई सकेका छन भने केहि समय भित्र नतीजा प्रतीक्षामा रहेको बताएका थिए l

ठकुरीले हाल सम्म १३ स्वर्ण ,४ रजत तथा ४ काश्य पदक हात पारि सकेका छन् l ठकुरीले अमेरिकाका सात वटा राज्यमा कराते खेलमा पदक प्राप्त गर्ने खेलाडी हुन् l

ठकुरी अमेरिकामा २०१६ को १०औ चर्चित नेपाली मध्ये एक हुन !

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...