Wednesday, February 1, 2017

पानी अभियानमा माओवादी केन्द्रीय सदस्य नारायण शर्माद्दारा ऐक्यवद्दता

“हरेक घर धारो होस् ,हरेक गाउँ सिंचाइ होस् ” नारामा आधारित पानी अभियानमा राजनैतिक   दलका  व्यक्तिहरुले पनि साथ र समर्थन दिन शुरु गरेका छन् । पानी अभियानमा समर्थन एवम ऐक्यवद्दता जनाउदै नेकपा माओवादीका केन्द्रीय सदस्य श्री नारायण शर्माले आफ्नो फेसबूक पोस्ट  मार्फत पानी अभियानलाई साथ र समर्थन दिन हरेक वर्ग एवम जन समुदायलाई अनुरोध गरेका छन् । माओवादी केन्द्रीय सदस्य शर्मा  आफ्नो फेसबूक पोस्टमा लेख्छन् “
मित्र मित्रलालजीको इच्छा र पानी अभियानमा साथ-समर्थनको लगानी गरौं !
पानी नपाई तड्पिएका जनता र मुर्झाएका बिरुवालाइ जीवन प्रदान गरौं !!
स्मरण रहोस् पानी अभियान कर्ता मित्र लाल पार्दे पानी अभियान शुरु भएको गाउँ ८०० पारीवारको लागि हरेक घर धारो र सिंचाइ सुनिस्चितता नहुँदा सम्म आफ्नो घर नजाने गरी अभियान चलाइरहेका छन् । अभियान शुरुवात भएको वर्ष दिनमा अभियानको नारा सफल होस् भनी बिभिन्न व्यक्तिहरुबाट झन्डै ३० लाखको प्रतिवद्दता अाइसकेको जानकारी पानी अभियानकर्ता मित्रलाल पार्देले गराएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...