Monday, February 13, 2017

जीवन लिला

सर्वप्रथम मेरा माता पितालाई
प्रणाम छ!!
कोखको बस गरेर आउनै पर्छ
आउछौँ रोएर आखाँ खोल्नै पर्छ
दिन महिना साल गनेर बढ्नै पर्छ
शिक्षा इलाम सिकेर त हिड्नै पर्छ
संस्कृति परम्परा खोजेर मानै पर्छ
अन्जान छौँ सोधेर ज्ञान गुन भर्नै पर्छ
मेहनत गरेर धन संन्चितै गर्नै पर्छ!!
संसार  डुलेर कन्या जुराउनुै पर्छ
बत्तीसै लक्षण हेरेर भित्र्याउनै पर्छ
नौमती बजाई नौली बेहुली बनाई
सोह्र सिङ्गार गरेर सिउदो रंङ्गाउनै पर्छ !!
मान्छे को चोला सुख र दुख होला
संघर्ष गरेर भविष्यलाई  चलाउनै पर्छ
जाय जन्म होलान् काख उज्यालो
पार्लान खटेर हुर्काई बाटो देखाउनै पर्छ !!
रथका दुई पाग्रा झैँ बनेर धरतीमा
दुई दिने जीवनमा हासेर बिताउनै छ!!
सृष्टिको नियम मायाँ र मोह छ धेरै
सन्तानको प्रगति देखेर रमाउनै पर्छ!!
भावीको लेखान्त मिटिदैन भोग्नै पर्छ
चर्खा झै निरन्तर जीवन घुम्नै पर्छ
मनबिय चक्र प्रणाली अस्ताउनेछ
निश्चित पनि छ एक दिन मरेर जानै पर्छ !!
प्रकाश घिमिरे  { अन्जानयात्री  }
रकुवा  { नवलपरासी हाल कतार }
मिति  {२०७३ फाल्गुन २  गते }

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...