Saturday, February 4, 2017

शिक्षाको विकासले मात्र देशको समृद्धिः राष्ट्रपति भण्डारी

लमजुङ, २२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाको विकासले मात्र देशले समृद्धीको यात्रा हासिल गर्न सक्ने बताउनु भएको छ ।

चण्डिस्थानस्थित गंगा मिलन माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको शनिबार समुद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उक्त कुरा बताउनु भएको हो । राष्ट्रपति भण्डारीले वैज्ञानिक, व्यवसायिक र रोजगारमूलक शिक्षा अपरिहार्य रहेको बताउनु भयो ।

‘देशको माटो सुहाउँदो शिक्षा नीति र पाठ्यक्रम आवश्यक छ’ राष्ट्रपति भण्डारीले भन्नु्भयो‘ देशको समृद्धी शिक्षा विना संभव छैन ।’ राष्ट्रपति भण्डारीले भन्नुभयो ‘आर्थिक विकासका लागि गुणस्तरीय शिक्षा चाहिन्छ, जुन शिक्षाले हाम्रो देशको कृषि, पर्यटन, जलस्रोत र बनजंगललाई उपयोग गरेर समृद्धि ल्याउन सकोस् ।’विद्यालयले अहिलेकोसम्म हासिल गरेको प्रगतिको प्रंशसा गर्दै राष्ट्रपति भण्डारीले रचनात्मक र सिर्जनात्मक काममा अघि बढ्न सुझाब दिनुभयो ।

राष्ट्रपति भण्डारीले देशको विकास र समृद्धीका लागि सबै एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताउनु भयो । उहाँले गत बर्ष आएको विनासकारी भूकम्पले पुराएको क्षतिप्रति आफू दुखी रहेको भन्दै पुननिर्माणको काम प्रभावकारी र तिव्र रुपमा अघि बढाउन सरकारलाई आग्रह गर्नु भयो । त्यसैगरी राष्ट्रपति भण्डारीले शनिबार नै ग्रामिण पर्यटन घलेगाउँद्वारा निर्माण गरिएको पर्यटन संग्राहलयको समुद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टंकबहादुर अधिकारीले प्रगती प्रतिवेदन, चण्डिस्थान महिला संजालका अध्यक्ष यशोदा रिमालले महिलाहरुको तर्फबाट राष्ट्रपनि भण्डारीमा नागरिक अभिनन्नदन पत्र, विद्यालय व्यवस्थापन समितिका सदस्य ओमबहादुर रिमालले स्वागत र अध्यक्ष नरबहादुर रिमालले विदाई मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा राजनीतिक दलका प्रमुख, सांसद जमिन्द्रमान घले, चन्द्रबहादुर कुवंर, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

गंगा मिलन माध्यमिक विद्यालयले स्वर्ण महोत्सवका अवसरमा माघ ७ गतेबाट विविध कार्यक्रम गर्दै आएको छ । माघ २३ र २४ गते राष्ट्रिय कालकारहरुको प्रस्तुति, भूपू शिक्षक, छात्रवृत्ति कोष संस्थापक, चन्दादाता, अभिभावक संघका पूर्व अध्यक्षहरु, उत्कृष्ट छात्रछात्राको सम्मान कार्यक्रम राखिएको विद्यालययले जनाएको छ । २५ गते स्थानीय कलाको प्रस्तुति र पुरस्कार वितरण गरी कार्यक्रमको समापन गरिने प्रधानाध्यापक अधिकारीले बताउनुभयो ।

कार्यक्रम सफल बनाउन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर रिमालको अध्यक्षतामा १ हजार १ सय ११ सदस्यीय स्वर्ण जन्मोत्सव तथा अभिभावक दिवस मूल आयोजक समिति गठन गरिएको छ । यस्तै १० वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...