Sunday, February 26, 2017

निर्वाचन घोषणासँगै संविधान कार्यान्वयनतर्फ –नेता नेपाल

पोखरा, १५ फागुन । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मुलुकमा संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढेको बताउनु भएकोछ ।

प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले “राजनीतिक दलहरु निर्वाचनमा जुटिसकेका छन् र आयोगले पनि निर्वाचन सम्बन्धी कार्यतालिका अगाडि बढाइसकेको हुँदा यसबारे शङ्का नगर्न आग्रह गर्नुभयो ।”

पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले संविधान कार्यान्वयन, राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सङ्घीयता र समावेशीताजस्ता प्राप्त उपलव्धिको रक्षा गर्दै समृद्धिका लागि मुलुकमा शान्तिपूर्ण निर्वाचनको अपरिहार्य आवश्यकता रहेको छ भन्नुभयो ।

स्थानीय तहको निर्वाचन लगत्तै आयोगमार्पmत १६५ निर्वाचन क्षेत्रको सिमाङ्कन टुङ्ग्याएर प्रादेशिक निर्वाचनमा जुट्नुपर्नेमा जोड दिदैं उहाँले भन्नुभयो – “नेपाल र नेपाली जनताको हित विपरीत आएको संविधान संशोधनको प्रस्तावका विपक्षमा एमाले सहितका राजनीतिक दल रहेको छ ।”

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...