Thursday, February 23, 2017

जन सम्पर्क समिति अमेरिकाको साधारण सभा डिसीमा ,कांग्रेस सभापति देउवा बाट उद्घाटन हुने

नेपाली जनसम्पर्क समिती अमेरिकाको प्रथम साधारण सभा आगामी अप्रिल २२ तारिख डिसी महानगर क्षेत्रको भर्जिनियामा हुने भएको छ l उक्त साधारण सभालाई ऐतिहासिक र भव्य रूपमा सफल बनाउन केन्द्रिय उपसभापति केशब बरालको संयोजकत्वमा ‘साधारण सभा मुल तयारी समिती’ गठन गरिएको छ l

एक दिवसीय उक्त सभाको लागि अमेरिकाका २८-३० वटा शाखाका पदाधिकारी ,केन्द्रिय कार्य समितिका पदाधिकारी ,सदस्यहरु ,सल्लाहकार ,शुभेक्क्षुक ,कांग्रेस दल संग आबद्ध रहेका सहित करिव ३ सय जना को सहभागी हुने अनुमान गरिएको छ l

कार्यक्रम को उद्घाटन सत्र बिहान राखिएको छ भने उक्त ऐतिहासिक साधारण सभाको लागि कांग्रेस सभापति शेर बहादुर देउवा लगायत नेपाली कांग्रेसका अन्य नेताहरु समेत आउने भएका छन् l र ,सभापति देउवालाई अनुरोध गरिएको बताईएको छ l

एक दिवसीय साधारण सभामा साँझ बन्द सत्र तथा अमेरिका मा रहेका प्रख्यात कलाकारहरु द्वारा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने भएको छ l नेजस भर्जिनिया शाखाका सभापति रामशरण हुमागाईलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ भने साधरण सभाका लागि आर्थिक संयोजकको जिम्मेवारी केन्दीय सदस्य गोपाल विश्वकर्मालाई दिइएको छ l

केन्द्रिय साधारण सभा सम्पन्न गर्नाका लागि स्थानिय व्यवस्थापनको सम्पुर्ण जिम्मेवारी नेजस, भर्जिनिया शाखाले जिम्मेबार बहन गर्ने भएको छ l सांस्कृतिक कार्यक्रमको संयोजकमा सुवास लामा ,बिधान संसोधन मसौदामा पिताम्बर भुषाल तथा प्रचार प्रसार विभाग प्रमुखमा गोकुल ढकाललाई जिम्मेबार दिइएको छ

केन्द्रिय उपसभापति तथा ‘साधारण सभा मुल तयारी समिती’ का संयोजक केशब बरालले वर्तमान अमेरिकन राजनैतिक परिवर्तन संगै संस्थालाई कसरी अगाडी बढाउने ,सँस्था तथा शाखा को कार्यदिशा तय गर्ने , मार्गदर्शन ,बिधान परिमार्जित गर्ने ,शाखा तथा केन्द्रिय अधिवेशन तथा प्रक्रिया सम्बन्धि बिषयमा व्यापक छलफल गरिने जानकारी दिएका छन् l यसको साथै सँस्थाले नेपाल तथा अमेरिकामा रहेका नेपाली लाई कसरी सहयोग गर्न सकिन्छ भन्ने बिषयमा पनि छलफल गरिने भएको छ l

गत हप्ता आगामी साधारण सभालाई भब्य बनाउन डिसी महानगर क्षेत्र वरपर का संघ/ संस्था तथा जन सम्पर्क समिति लगायतको बैठक बसेको थियो भने उक्त बैठकमा पवन खनाल ,केदार तिमिल्सिना ,मुक्ति दवाडी ,मधु पन्थी ,दधि ढुंगाना ,राम मिश्रा ,देश राज संयोग ,यम सिटौला ,लक्ष्मी गौडेल ,केशब बराल ,पदम राज रेग्मी ,राम शरण हुमागाई ,भरत रेग्मी तथा मुक्तिनाथ पन्थको उपस्थिति रहेको थियो l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...