Tuesday, February 7, 2017

नेपाली युवाहरुको सकृयतामा नयाँ सामाजिक संजालको सुरुवात गरिदै(प्रेस बक्तव्य पूर्ण विवरण)

नेपाल तथा जापानमा विभिन्न क्षेत्रमा सकृय नेपाली युवाहरुको प्रयासमा रेस्पेक्ट नामक नयाँ सामाजिक संजाल सुरु गरिने भएको छ। रेस्पेक्ट नाममा सुरु गर्न लागिएको सामाजिक संजाल मोवाईल तथा ईन्टरनेटका माध्यमबाट विश्वभरि नै चलाउन मिल्ने जसमा सूचना तथा व्यवसायीक प्रर्वदन गर्ने गरि दुवै रुपमा प्रयोग गर्न सकिने बताईएको छ।

नयाँ कन्सेप्टमा व्यवसायीक कम्पनी र सर्वसाधारण प्रयोगकर्ताहरुवीच पुलको काम गर्ने रेस्पेक्टको मुख्य लक्ष्य रहेको संचालक राजिव श्रेष्ठले जानकारी दिए। यसका अलावा अन्य गैरनाफा मुलक सस्थाहरुले समेत रेस्पेक्ट मार्फत आफना गतिविधि र कार्ययोजनालाई आफना फलोअर्स र सवैलाई सिधै जानकारी दिन सक्ने माध्यम बनाईएको छ।

व्यवसायीक कम्पनीहरुले आफनो उत्पादनको सवै विवरण सहित विभिन्न अफरहरुलाई सिधै ग्राहक तथा रेस्पेक्ट प्रयोगकर्ता सामु राख्न सक्ने र सामाजिक कामका लागि समेत फण्ड तयार गर्ने अप्सन यो एप्सले राखेको रेस्पेक्ट ईन्जिनियर सन्तोष शाहले बताए। करिव दुई वर्षको अथक प्रयास पछि तयारी पुरा गरिएको रेस्पेक्ट सामाजिक संजालको प्रयोग आगामी समर अर्थात नेपाली नयाँ वर्षको अवसर पारेर लन्च गर्ने डिजाईनर समेत रहेका अभिनास गुरुङले जानकारी दिए।

रेस्पेक्ट सामाजिक संजालको विषयमा सोमवार टोकियोमा आयोजित एक पत्रकार सम्मेलनमा संचालक राजिव श्रेष्ठले पहिलो चरणमा नेपाली, अँग्रेजी र जापानी भाषाबाट प्रयोग गर्न सकिने र अन्य सामाजिक संजालको विकल्प भन्दा पनि नयाँ अवधारणाको सामाजिक संजाल भएको बताए।

हाल ईन्टरनेट प्रयोगकर्ताहरु माझ लोकप्रिय मानिएको फेसबुक, ईन्टग्राम र टुईटरसंगै रेस्पेक्ट पनि संगै चलाउन र एक आपसमा लिंक गर्न मिल्ने गरि तयार गरिएको जानकारी दिईयो।

Respect_Press_Release

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...