Sunday, February 12, 2017

कोलोराडोमा सरस्वती पूजासंगै कवी गोष्ठी सम्पन्न

फेब्रुअरी ११, २०१७
कोलोराडो, अमेरीका
नेपाली भाषा, साहित्य, कला तथा संस्कृती जोगाई राख्न कोलोराडोमा सरस्वती पूजा संगै कवी गोष्ठी एक समारोह बिच सम्पन्न गरिएको छ ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा सनिबार बिद्याकी देबी सरस्वतीको पूजा आरधाना संगै सम्पन्न कवि गोष्ठि समारोहमा, कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कवी कवयत्री, साना बाल बालिका, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधारणको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सुरुमा भवानी ढुङ्गेल र सीतल शर्माले सरस्वती पुजा वधिबत् रुपमा स्तोत्र पाठ संगै गरेका थिए । सोही क्रममा कृष्णमुरारी ढुङ्गेलले सरस्वती मन्त्रो चच्चारण संगै संख घण्ट बजाएर माता सरस्वतीको आरधाना गरेका थिए । कार्यक्रम स्थल चर्ज भित्र संख घण्टको धुन गुन्जीएको थियो । कार्यक्रममा सुदक्षिणा भट्टले सरस्वती बन्दना बाचन गरेकी थिईन भने, उपस्थित सबैले सरस्वतीको पुजा गरेका थिए ।


हालै दिबंगत पन्नाकाजी श्रेष्ठ र यम बुद्धलाई संझदै सुरुगरिएको कवी गोष्ठीमा झण्डै डेड बढि कवि, कवयत्री, गायक तथा कलाकारहरुले आ–आºनो सृजना प्रस्तुत गरेका थिए । कवि, कवयत्रीहरुले गद्य, पध्य, स्रिंगारीक जस्ता शैलीहरुमा कविता तथा गजलहरु बाचन गरेका थिए । केहिले गीत र केहिले अभिनय र अनुभबहरुपनि प्रस्तुत गरेका थिए ।
बिशेष गरि आर्या चालीसे र रनुष्का उपाध्यायको नृत्य, आयूष श्रेष्ठको हास्य ब्याङ्ग्यले सहभागीहरुको मनजित्न सफल भएको थियो । मानिस भाग्यको खोजिमा संसारको जुनसुकै कुनामा बसेर, जस्तो सुकै सुःख र सुविधा उपभोग गरेपनि आनो भाषा सस्कृती, जन्मे हुर्केको देशको मायां ममता त्याग्न सक्दो रहेनछ भन्ने भाव यहां प्रष्ट देख्न सकिन्थ्यो ।


अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलको अध्यक्षतामा संम्पन्न कार्यक्रमको डा बिजयराज शर्माले समिक्षा गरेका थिए । संस्थाका महासचिब गौतमसागर राईले उपस्थित सबैलाई स्वागत गरेका थिए भने , सदस्य धन पौड्यालले कार्यक्रम संलालन गरेकी थिईन् । कार्यक्रममा उपस्थित सबै बालबालिकाहरुलाई बिभिन्न सैक्षिक सामग्री बितरण गरिएको थियो ।


मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...