Monday, February 13, 2017

सम्वाद प्रक्रियाको थालनी सकारात्मक : नेपाल

 

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेको माओवादी केन्द्र र मधेसी मोर्चा लगायतका दलहरुसित सम्वाद र छलफलको प्रक्रिया थालनी भएको र मुलुकको समस्या समाधानको पक्षमा सकारात्मक खुड्किलो भएको बताएका छन् ।
देशमा देखिएका तमाम समस्यालाई समाधानको लागि सत्ताधारी पार्टी र एमालेबीच भइरहेको सम्वादलाई स्वागतयोग्य बताउँदै सम्वाद र सहमतिबाटै मुलुकको विद्यमान समस्याको हल निकालिनु पर्ने नेता नेपालले बताएका छन् ।
एमाले कार्यकर्ता एवं रौतहट उद्योग वाणिज्य संघका पूर्व महासचिव श्रीप्रकाश ठाकुरको निधन भएपछि परिवारजनप्रति समवेदना प्रकट गर्न गृह जिल्ला रौतहट आएका पूर्वप्रधानमन्त्री नेपालले सञ्चारकर्मीसित सोमवार संक्षिप्त कुराकानी गर्दै स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा देशमा भ्रष्टाचार मौलाएको भन्दै स्थानीय निकायको निर्वाचन गरेर संविधानको कार्यान्वयन प्रक्रियालाई अगाडि बढाउनु उपयुक्त हुने बताएका छन् ।
लोकतन्त्रमा निर्वाचनदेखि कोही पनि डराउन नहुने तर्क गर्दै नेता नेपालले भारतको भाषा हिन्दी भएकोले नेपालको भाषा र नेपाली भाषाको लागि सबैले लडाइँ गर्नुपर्ने समेत बताएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...