Wednesday, February 22, 2017

मनाङ मस्र्याग्दीले आज अफगानिस्तानको क्लबसँग खेल्ने

काठमाडौं, ११ फागुण। बंगलादेशमा जारी शेख कमल अन्तर्रा्ष्ट्रिय क्लब कप फुटबल प्रतियोगितामा नेपालको मनाङ मस्र्याग्दी क्लवले आज दोस्रो खेल खेल्दैछ।

पहिलो खेलमा स्थानीय टोली मोहोमडन स्पोर्टिङ क्लवलाई २–० ले हराएको मनाङले आज अफगानिस्तानको शाहिन आस्मायीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

आजको खेल जितेमा नेपाली टोलीको सेमिफाइनल यात्रा तय हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो पौने चार वजे चितगोङस्थित मोहम्मद अजिज रंगशालामा हुनेछ ।

अफ्गान टोली शाहिन आस्मायी समूह चरणको पहिलो खेलमा आयोजक चितगोङ अवहानी लिमिटेडसँग ३(१ ले पराजित भएको थियो ।

नेपालले समूह चरणको अन्तिम खेलमा शुक्रबार आयोजक चितगोङ अवहानी लिमिटेडसँग प्रतिस्पर्धा गर्नेछ । समूह विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिता यही फाल्गुन १९ गतेसम्म चल्नेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...