Saturday, February 18, 2017

राप्रपामा लोहनीलाई झट्काः कमल थापाको समर्थनमा उत्रिए ४३ केन्द्रीय सदस्य

काठमाडौं, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका ४३ जना पदाधिकारी कमल थापाको पक्षमा उभिएका छन् ।

नयाँ नेतृत्वका लागि थापा र डा प्रकाशचन्द्र लोहनी भिड्न लागेका बेला शनिबार दिउँसो ४३ जना केन्द्रीय सदस्यले संयुक्त वक्तब्य जारी गर्दै कमल थापालाई समर्थन गरेका हुन् ।

उनीहरुले जारी गरेको विज्ञप्तिमा पार्टीका शीर्ष नेताहरुबीच फागुन ४ गते भएको सहमतिअनुसार आफूहरुको थापालाई समर्थन रहने उल्लेख गरिएको छ ।

उनीहरुले सहमति कार्यान्वयन गरी महाधिवेशनलाई एकता र सहमतिको रुपमा सम्पन्न गर्न पनि सबै प्रतिनिधिलाई आग्रह समेत गरेका छन् ।

पदाधिकारीको विज्ञप्तिसँगै अध्यक्षमा लड्न लागेका लोहनी नैतिक दबाबमा परेको बताइन्छ । शुक्रबारदेखि सुरु भएको राप्रपाको एकता महाधिवेशनको बन्द सत्र जारी छ ।

हेर्नुस् विज्ञप्तिः

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...