Monday, February 6, 2017

पार्टीलाई सरकारको साझेदारी महसुस भएन : अध्यक्ष लोहनी

काठमाडौँ, २३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टीका सदस्य सरकारमा रहे पनि पार्टीलाई सरकारको साझेदारी महसुस नभएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले संविधान संशोधन लगायतका विषयमा सरकारले राप्रपालाई बेवास्ता गरेको हुँदा अब सरकारमा रहने कि नरहने प्रश्न उब्जिएको छ भन्नुभयो ।

अध्यक्ष लोहनीले भन्नुभयो, “पार्टी सरकारमा रहने वा नरहने भन्ने विषयको छिनोफानो कार्य सम्पादन समितिको आगामी बैठकले गर्नेछ ।”

राप्रपाले अहिले संविधान संशोधनभन्दा निर्वाचनलाई प्राथकिता दिएको बताउँदै उहाँले भन्नुभयो – “छिट्टै निर्वाचनको मिति घोषणा गरी स्थानीय निकायको निर्वाचन गर्नुपर्ने पार्टीको मान्यता छ ।”

अध्यक्ष लोहनीले संविधान सम्पूर्ण नेपालीका लागि भएकाले यसमा चित्त नबुझेका कुरा सरकारले सुन्नुपर्ने तर अहिले संसद्मा पेस भएको संशोधन प्रस्तावका केहि बुँदा जायज नभएकाले संशोधन आवश्यक नभएको टिप्पणी गर्नुभयो ।

“संविधान संशोधन राष्ट्रिय हितमा छैन, संविधान संशोधनको औचित्य पुष्टि नभएकाले राप्रपा त्यसको पक्षमा छैन”– उहाँले भन्नुभयो ।

राप्रपाको आगामी फागुन ६ देखि ७ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनले पार्टीको भावी रणनीति तय गर्ने अध्यक्ष लोहनीले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...