Thursday, February 23, 2017

मितेरी समाज युएईले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गर्दै।

 

युएईमा रहेका नेपालीहरु माझ सामाजिक कार्यमा सधैं अग्रणी भुमिका निभाउँदै आएको मितेरी समाज युएईले आफ्ना सदस्यहरु बिच आउदो ३ मार्चका दिन प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

अल ऐनको किनारा रेष्टुरेन्टमा हुन लागेको उक्त कार्यक्रममा युएईमा रहँदा पालना गर्नुपर्ने आधारभूत ट्राफिक नियम लगायतका अरु  यहाको कानुनि नियमको बारेमा जानकारी दिने बताइएको छ। यहाँ रहेका कतिपय नेपालीहरुलाई युएईको सामान्य नियम कानुन पनि ज्ञान नभएर या थाहा हुँदाहुँदै पनि सानातिना लापरबाहीको कारणले गर्दा ठूला घटना घटिरहेको अवस्थालाई मध्यनजर गर्दै समाजले आफ्ना सदस्यहरुलाई यस विषयमा सचेत गराउन यस्तो कार्यक्रम आयोजना गर्न लागिएको समाजका संरक्षक प्रेम रिजालले हिमालय अनलाइन लाइ जानकारी दिएका छन।

कार्यक्रममा समाजसेवा के हो र यसलाई कसरी समाजमुखी र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा अन्तरक्रिया समेत गरिने भएको छ। सोही अवसरमा समाजका अध्यक्ष तथा संरक्षक बाट मितेरी समाज स्थापना पश्चात हालसम्म गरेका कार्यबारे जानकारी, भावी योजना र सदस्यहरुको चासोलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको संरक्षक रिजालले बताए।

युएईको अल ऐन शहरलाई मुख्य आधारक्षेत्र बनाएर २०१४ सेप्टेम्बरमा स्थापना भएको मितेरी समाजले नेपालमा विभिन्न किसिमका सहयोग गर्दै आएको छ जस अन्तर्गत अनाथ बालबालिकाहरुको लागि, बृदाश्रम, क्यान्सर पिडित तथा भुकम्पबाट प्रभावित स्कुलमा पनि सहयोग गर्दै आफ्नो सामाजिक गतिविधि मार्फत  प्रबासमा रहेका नेपालीहरुको मन जित्न सफल भएको छ ।

आउदो कार्यक्रमको लागि युएईमा रहका नेपालीहरुलाई उक्त कार्यक्रममा उपस्थित हुन समेत आग्रह गरिएको छ ।

Attachments area

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...