Friday, February 3, 2017

मैत्रीपूर्ण तेक्वान्दोमा हाबी नेपाली टोलीलाई प्रोत्साहान

हङकङविरुद्धको मैत्रीपूर्ण तेक्वान्दो खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय तेक्वान्दो टोलीलाई अर्जुन तेक्वान्दो डोजाङ एण्ड फिटनेश क्लब र क्लासिक ममले कदरपत्र प्रदान गरेको छ ।

बुधबार भएको खेलमा नेपाली टोली हङकङका खेलाडीमाथी हाबी हुदै कुल ६ स्वर्ण आफ्नो पक्षमा पार्न सफल भएको थियो । उक्त मैत्रिपुर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेको टोलीलाई थप हौसला प्रदान गर्ने उद्देश्यले क्लासिक ममले लन्च प्रदान गरेको छ ।

खेलाडी पदक विजेता खेलाडीलाई प्रमाणपत्र प्रदान ग-यो । डोजाङ एण्ड फिटनेश तथा क्लासिकका सिइओ योगेश पोख्रेलले नेपाली खेलाडीको खेल स्तरविकास गर्ने उद्देश्यले रिफ्रेसमेन्ट कार्यक्रम राखिएको जानकारी दिए ।

नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवम् डोजाङका सस्थापक हरिश्वर पोख्रेल नेपाली राष्ट्रिय टोलीलाई कदरपत्र प्रदान गरे । डोजाङकै ब्यवस्थापनमा मैत्रिपुर्ण खेल भएको थियो । मैत्रिपुर्ण खेलका लागि क्लासिक मम र डोजाङले प्रायोजन समेत गरेको थियो ।

सो अवसरमा हङकङसँगको तेक्वान्दो खेल विस्तारमा सहयोग पु-याउने विभिन्न ब्यक्ति र सस्थालाई कदरपत्र समेत प्रदान गरिएको छ । एक वर्ष अगाडी मात्र स्थापित डोजाङ नेपालमै पहिलो पटक आधुनिक तवरले स्थापना गरिएको सिइओ पोखरेलले बताए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...