काठमाडौँ : बिशेष गरि हिन्दु धर्मालम्बीहरुको महान पर्ब शिबरात्रीको उपलक्ष्यमा दैनिक लाखौ भक्तजनहरु शिब भगवानलाइदर्शन गर्न र पाठ पुजा गर्न पशुपति क्षेत्रमा भिड लाग्ने गर्छन तथा यो अबसरमा पशुपति क्षेत्रमा घुमफिर गर्न देखि मेला भर्नआउनेहरु को पनि उत्तिकै भिड जम्मा हुन्छ l यसै महान पर्ब शिब रात्रीको उपलक्ष्यमा औधोगिक शान्ति नेपालले एक महिनालामो ब्यापार मेला आयोजना गरेको छ l बनकाली मन्दिर अगाडीको खुला चौरमा सुरु गरिएको यस ब्यापारिक मेलाको प्रमुखआकर्षण भनेको बाबा अमरनाथ तथा बद्रीनाथ गुफा हो जहा दैनिक हजारौको संख्यामा दर्शनारार्थीको भिड जम्मा हुन्छ रयसको अबलोकन गरि बाबा अमरनाथ तथा मा बैष्णुदेबी दर्शन पनि गर्छन l काठमाडौँ भन्दा हजारौ माईल टाडा रहेको तथादर्शन गर्न जादा महिनौ लाग्ने हिन्दु धर्मालम्बीहरुको पबित्र तिर्थ स्थल बाबा अमरनाथ तथा बद्रीनाथको मन्दिरको स्वरुपपशुपतिनाथ परिसरमानै पाउदा भक्तालु दर्शनार्थीहरु पनि खुसि छन l पशुपतिनाथ मेलाको मुख्य आकर्षण रहेको उक्तमन्दिरमा जान प्रवेश शुल्क रु ५० लाग्नेछ l
नेपाल सरकारका सस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्रि इन्द्र बानियाले पुजा गरेर बिधिबत रुपमा उद्घाटन गरिएकोयस बाबा अमरनाथ तथा बद्रीनाथको मन्दिर एक महिना सम्म दर्शालु भक्तजनहरुको लागि खुल्ला रहने भएको छ l
फागुन महिना भरि चल्ने उक्त मेलामा तिन (३) सय भन्दा बेसी स्टलहरु रहने र जसमा सम्पूर्ण दैनिक उपभोग्यका समानहरुदेखि लिएर लत्ता कपडा, जुत्ताहरु,कृषि तथा हस्तकला का समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने रत्यसै गरि विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने जानकारी आयोजक सस्थाले जनाएको छ l मेलामा भित्र जान प्रवेश शुल्क निशुल्क रहेको जानकारी पनि ब्यबस्थापन समितिले गराएको छ l
बालबालिकाहरु को लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहेकोजानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले गराएका छन साथै उक्त मेला अबलोकन गरि आन्तरिकतथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सास्कृतिक पर्यटन लाइ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदाय तथा शिब रात्रीमा आएकासम्पूर्ण भक्तजनहरु लाइ अधक्ष्य महतले आव्हान पनि गरे l स्मरण रहोस औधोगिक शान्ति नेपालले बर्षै पिछे उक्त मेलाकोआयोजना गर्दै आएको छ भने अन्य विभिन्न स्थान र जिल्लाहरुमा पनि औधोगिक ब्यापार मेलाहरु आयोजना गर्दै आन्तरिक तथाबाह्य धार्मिक, आर्थिक, ब्यापारिक र पर्यटनको प्रबर्धन गर्दै देश बिकाशमा पनि टेवा पुर्याएको छ l
No comments:
Post a Comment