Monday, February 13, 2017

संविधान संशोधन प्रस्ताव लम्पसारवादको नमुना : गुरुङ

 

 

पोखरा, १फागुन
नेकपा एमालेका स्थायी कमिटी किरण गुरुङले प्रधानमन्त्री प्रचण्डलेसबै सिद्धान्त र विचारलाई तिलाञ्जली दिएर सत्तामा पुगेको अरोप लगाएका छन् । उनले सीमांकन हेरफेर गरेर पहाड र तराई छुट्याउने, नागरिकता, हिन्दी भाषालाई राष्ट्रिय भाषाको मान्यता दिने लगायतका प्रस्ताव समेटेर संविधान संसोधनको प्रस्ताव पारित गर्न खोज्नु लम्पसारवादको गतिलो नमुना भएको टिप्पणी गरे । नेकपा एमाले कास्कीले आइतबार पार्टी कार्यालयमा आयोजना गरेको पार्टी प्रवेश कार्याक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । एमाले प्रदेश नम्बर ४ का संयोजक समेत रहेका गुरुङले आफ्नो पार्टीले अवसर पाउँदा देशका लागि राम्रो काम गरेर देखाएको दाबी गरे ।
कार्यक्रममा बोल्दै एमाले पालिट्ब्युरो सदस्य गणेश तिमिल्सिनाले अहिले संविधान संशोधन नभई कार्यान्वयन गर्नुपर्ने बेला रहेको बताए । तत्काल ३ वटै तहको निर्वाचन घोषणा गरेर संविधान कार्यान्वयनमा जानुपर्नेमा सरकार उल्टो बाटो हिँडेको उनको भनाइ छ । एमाले दोस्रो ठूलो दल भएर पनि संविधान निर्माण र घोषणा गर्न प्रभावकारी भूमिका खेलेको र कार्यान्वयनका लागि पनि इमान्दारिपूर्वक लागेको उनले बताए । देशको सबै हिसाबले एमालेले नेतृत्व गरेपनि नेतृत्वमा अरु पार्टी हुँदा संविधान कार्यान्वयनमा समस्या देखिएको उनको ठहर छ ।
पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले जनयुद्ध दिवशको अवसरमा शुभकामना दिँदै माओवादी कार्यकर्ताले परिवर्तनका लागि त्याग र बलिदानी दिएपनि नेताहरुले गद्दारी गरेको बताए । एमाले कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मनबहादुर गुरुङले स्वागत गरेका थिए भने सचिव दामोदर बैरागीले कार्यक्रम सञ्चालन गरेका थिए ।
माओवादी नेता शाही एमालेमा प्रवेश
पोखरा, १ (फागुन)—नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दिलीपविक्रम शाही र जिल्ला सचिवालय सदस्य राजेन्द्र गौतमसहितका नेताहरु एमाले प्रवेश गरेका छन् । प्रवेश गर्ने शाही पृथ्वीनारायण क्याम्पसका पूर्व स्ववियु सभापति समेत हुन् । प्रवेश गर्नेमा नेपाली कांग्रेस सराङकोट गाउँ कमिटीको उपसभापति बाबुराम तिमिल्सिना, राजेन्द्र गौतम, शोभाखर भन्डारी, कृष्ण शर्मा, हिरा गिरी, गीता तिवारी टिकाराम दाहाल बाबुराम तिमिल्सिना, बलबहादुर भुजेल, कमल अधिकरी लगायत लगायत २५ जना छन् । उनीहरुलाई नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिट्ब्युरो सदस्य गणेश तिमिल्सिना र पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले खादा माला र अविर लगाइदिएर स्वागत गरेका हुन् । नव प्रवेशीको तर्फबाट गौतम, तिमिल्सिना हीरा गिरी लगायतले बोलेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...