झन्डै एक महिना अगाडी देखि अमेरिकाको भर्जिनिया राज्यको फेयर फ्याक्स काउन्टीबाट हराएका किशोरी आमा तथा दुधे बालक सकुशल घर फर्केको ताजा समाचार छ l आमा छोरा गत फेब्रुअरी ११ तारिख राती आफ्नो घर फर्केको प्रहरीले जनाएको छ l
प्रहरीका अनुसार १६ बर्षिय आमा लिजि कोलिनडर्स तथा उनको साथमा रहेको ५ महिनाको बालक ऐडेन दुवैको स्वास्थ्य स्थिति राम्रो रहेको प्रहरीले जनाएको छ l किशोरी आमा कोलिनडर्स तथा बालक ऐडेन गत राती शनिबार फेब्रुअरी ११ तारिख मध्य रात भन्दा केहि अगाडी घर आएको प्रहरीले जानकारी दिएको एनबिसी वाशिंगटनले समाचार लेखेको छ l
तर प्रहरीले आमा र छोरा यतिन्जेल कहाँ थिए भन्ने बारेमा कुनै सूचना प्रदान गरेको छैन l प्रहरीहरु उनका परिवारका सदस्यहरु संग काम गरि रहेका र चाहिने आवश्यक सहयोग गरि रहेको जनाएका छन् l अमेरिकामा यसरी हराए पछि पुन: भेटिनु भनेको सम्भावना एकदम कम रहन्छ l भेटिने समाचार पनि आई रहन्छ तर अधिकांश अप्रिय दुखद घटना घट्ने हुन्छ l
स्रोत: तस्बिर /समाचार एनबिसी वाशिंगटन
No comments:
Post a Comment