Friday, February 3, 2017

रौतहटमा सिके राउतका जिल्ला संयोजकसहित नौ कार्यकर्ता पक्राउ

 

सिके राउतलाई रिहा गर्नुपर्ने लगायतको मागसहित जुलुस निकाल्ने तयारीमा रहेको अवस्थामा राउतको पार्टीको रौतहट जिल्ला संयोजकसहित नौजना कार्यकर्तालाई पक्राउ गरिएको छ । जुलुस निकाल्ने तयारीमा रहेका कार्यकर्ताहरुलाई गरुडा नगरपालिकाको झाँझपुलबाट पक्राउ गरिएको रौतहटका प्रहरी प्रवक्ता डिएसपि नवीनकृष्ण भन्डारीले बताएका छन् । पक्राउ पर्नेमा जिल्ला संयोजक अशोक कुमार सिंह, सहसंयोजक वीरेन्द्र साह, जिल्ला सदस्य रामाकान्त ठाकुर, राजुप्रसाद यादव, रकटु राय यादव, अशोक कुमार साह, श्यामकिशोर यादव, अजय कुमार ठाकुर र राजकिशोर साह रहेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...