Saturday, February 18, 2017

पैतालीस प्रतिसत अमेरिकनले संघिय आयकर नतिर्ने ?

हरेक बर्ष सरकारलाई बुझाउनु पर्ने संघिय आयकर नबुझाउने अमेरिकनहरुको संख्या निकै ज्यादा रहेको तथ्यांक फेला परेको छ l आफूले जिउ ज्यान लगाएर कमाएको आम्दानी को केहि अंश सरकारलाई नदिई आयकर नबुझाउने र नटेर्ने अमेरिकन जनता रहेको भन्दा अपत्यारिलो लाग्न सक्छ l

एक अनुमान अनुसार करिव ४५ दशमलव ३ प्रतिसत अमेरिकन परिवारले संघिय आयकर नतिर्ने खुलाशा गरेको छ l करिव ७७ दशमलव ५ मिलियन मानिसले वैयक्तिक कर नतिर्ने भनि वाशिंगटन स्थित कर नीति केन्द्र (ट्याक्स पोलिसी सेन्टर ) अनुसन्धान समुहले सन् २०१५ सालमा गरेको सर्वेक्षणले देखाएको छ l

यसको मतलव यो हैन कि उनीहरुले राज्यको आयकर तिर्दै नतिरेको भन्ने हैन चाही हैन भनि मार्केट वाच डटकम ले लेखेको छ l अमेरिकनहरुले घर ,खाध्य सामग्री तथा वस्त्र आदी ईत्यादिमा ज्यादा कर तिर्ने गरेको तथ्यांकले देखाएको छ l

आधा मानिसले संघीय आयकर (फेडेरल आयकर ) तिर्दैनन किनभने कमाईमा करलाग्ने आयकर हुदैन l झन्डै आधा मानिसले कर छुट पाउछन भने उनीहरुले करको दायित्व हटाउन पाउने छन् भनि कर नीति केन्द्रका वरिष्ट कर्मचारीले बताएका छन् l

धनि मानिसले आयकर कम तिर्ने गर्छन किनभने उनीहरुले बिभिन्न शिर्षकका कर बुझाउने गरेको सर्वेक्षणले देखाएको छ l करिव १ प्रतिसत करदाताले मात्र ज्यादा आयकर अरु समुह भन्दा तिर्ने गरेको देखाएको छ l (करिव २३ प्रतिसत )

औसतमा ४० प्रतिसत भन्दा कम आम्दानी वर्ण -पट (स्पेक्ट्रम ) भएका लाई सरकारले अन्त्यमा रकम फिर्ता दिन्छ l यसै बिचमा २० प्रतिसत धनाढ्य अमेरिकनहरुले आयकर तिर्ने सर्वेक्षणले देखाएको छ भने ८७ प्रतिसत भन ज्यादा आयकर सरकारले असुली गर्ने अनुसन्धानले देखाएको छ l

अर्थात् ८७ प्रतिसत धनि अमेरिकनहरुले संघीय वैयक्तिक आयकर तिर्छन भनि उल्लेख गरेको छ l शीर्ष मा रहेका १ प्रतिसत अमेरिकन जस्को आम्दानी २० लाख डलर भन्दा ज्यादा हुनेले ४३.६ प्रतिसत संघिय व्यक्तिगत आयकर तिर्दछन l

यसै गरि शीर्ष अमेरिकनहरु मध्ये जस्को आम्दानी ०. १ प्रतिसत भन्दा अर्थात् १ लाख १५ हजार परिवार जसको आम्दानी झन्डै  १ करोड डलर हुन्छ उनीहरुले २० प्रतिसत आयकर तिर्ने जनाएको छ l ट्याक्स पोलिसी सेन्टरका अनुसार अमेरिकाका धनाड्यहरुले ६९ प्रतिसत संघिय कर तिरेको तथ्यांक निकालेको छ l

स्रोत :मार्केट वाच डटकम/ट्याक्स पोलिसी सेन्टर

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...