Thursday, February 9, 2017

लसएन्जल्समा सोनाम ल्होछार मनाउदै

क्यालिफोर्निया लसएन्जल्स बस्दै आएका तामाङ समुदायले आफ्नो मुख्य पर्व नयाँ बर्ष सोनाम ल्होछार भब्य रुपमा मनाउने भएका छन् । उनीहरूले ल्होछारकै अवसरमा शुभ कामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रको आयोजना गर्ने जानकारी सांस्कृतिक कोओर्डिनेटर भीमसेन लामा ले जानकारी दिएका छन् l

सबै जातजाती भाषा संस्कृतिको जगेर्ना गरौ ,परम्परागत कला सस्कृतिको सम्बर्दन गरौ “भन्ने मुख्य उध्येश्यका साथ तामाङ समुदायको नयाँ वर्ष (चरा वर्ग )”ज्या ल्हो” को अवसरमा यस कार्यक्रममा समस्त संसारभरि छरिएर रहनुभएका सम्पुर्ण तामाङ दाजुभाई तथा दिदिबहिनीहरुमा सुख, शान्ति र उन्नति-प्रगतिको शुभकामना आदानप्रदान गरिने छ l

यस्को साथै यस सोसाईटी आफ्नो कला, संस्कृति र भाषा संरक्षण तथा सम्वर्दन गर्ने उदेस्यका साथ एकजुट भएको तर समाजमा कुनै विखण्डन, जातीय बिभाजनको निम्ति हैन भन्दै सोसाईटीका अध्यक्ष टेक लामाले एकता भित्रको छुट्टै भाषा, पहिचान र संस्कृतिको विकास गर्न गठन भएको हुँदा सबैको सकारात्मक सहयोग र साझा तथा फराकिलो बुझाईहोस् भन्ने आशा व्यक्त गरेका छन् l

यस संस्थाले सदैव साझा,निष्पक्ष , एकता र सहकार्यका साथ हातेमालो गर्दै अगाडी बढ्ने र कार्यक्रम आगामी फेब्रुअरी २७ तारिख सोमबार बेलुकी लसएन्जल्स शहरको आर्टेशिया स्थित तारा हिमालयन कुजिनमा भव्यताकासाथ हुन गईरहेकोले सम्पुर्ण लसएन्जल्सबासी समुदायलाई यहि सुचना मार्फ़त निमन्त्रणा गरिएको जानकारी सोसाईटीका महासचिव डोल्मा लामा बताईन l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...