Thursday, February 16, 2017

म्यारिल्याण्ड राज्यमा पर्ने राजमार्ग ५० मा दिन दहाडै ३ जना मानिसलाई सवारी साधन भित्र गोलि प्रहार

फेब्रुअरी १६ ,अमेरिकाको पूर्व मेरिल्याण्ड राज्यको ओसियन सहर देखि पश्चिममा क्यालिफोर्निया सम्म झन्डै ३ हजार माइल्स फैलिएको प्रख्यात राजमार्ग ५० मा ३ जना मानिसलाई सवारी साधन भित्र नै गोलि प्रहार गरिएको छ l

उक्त घटना आज दिउसो ३ बजे घट्न गएको हो l उक्त घटना प्रिन्स जर्ज काउन्टी को ५० मा भएको प्रहरीले जनाएको छ l अज्ञात व्यक्तिले अन्धधुन्ध गोलि चलाएका थिए भने उक्त गोलि प्रहार कोलम्बिया पार्क रोड तथा केनिथ ओर्थ इभे न्यु को बिचमा बिहिबार घटना घटेको हो l

प्रिन्स जर्ज काउन्टीका प्रहरीका अनुसार आफ्नो सवारी साधन कार भित्र बसेको अवस्थामा गोलि चलाईएको बताएका छन् भने ३ जनालाई अस्पताल लागिएको छ l प्रहरीले उनीहरु ३ जनाको अवस्था चिन्ताजनक नभएको बताएको छ l

बन्दुकको गोलिले कारको सिसा तथा अन्य तर्फ छरिएको फेला परेको छ भने प्रहरीले यो महँगो पर्ने र आफुहरु यस्को निकै अगाडी पुगी सकेको बताएका छन् l

खोज तलासी गर्ने क्रममा सडक बन्द गरिएको थियो भने साझ परे पछि राजमार्ग खोलिएको थियो l अहिले अवस्था सामान्य भएको एनबिसीले लेखेको छ l बन्दुक धारी तथा अन्य बिशेष कुनै जानकारी प्रहरीले दिएको छैन l

तस्बिर :ट्रेसी विल्किन्स

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...