वाशिंगटन डीसी ,व्हाइट हाउसले अर्को हप्ता सम्म राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको पुनर्निर्मित शरणार्थी र अध्यागमन कार्यकारी आदेश पछाडी सार्ने भएको छ l राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनले यो हप्ता नयाँ आदेश अनावरण गर्ने बताएका छन् भने तर व्हाइट हाउसका आधिकारिले ढिलाइ गरिएको बताएका छन् l
ट्रम्पको मूल कार्यकारी आज्ञाले सात वटा मुसलमान राष्ट्रका नागरिकलाई अस्थायी रूपमा अमेरिका प्रवेश गर्न लगाईएको प्रतिबन्ध लाई अमेरिकन अदालतले समेत रोक लगाएको थियो l
उक्त निर्देशनले देश भरका विमानस्थलमा भ्रम भएकोले राष्ट्रभरमा व्यापक बिरोधको सामना गर्नु परेको छ l व्हाइट हाउसका अनुसार केहि कानुनी मुद्दाहरु उठाईएका बिषयमा केही सम्बोधन गर्ने र पुन: आदेश लेखन गर्ने बताएका छन् l
श्रोत :एपी
No comments:
Post a Comment