Monday, February 27, 2017

पत्रकारद्वयको आमरण अनशन समाप्त

काठमाडौँ, १६ फागुन । नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा यही फागुन ११ गतेदेखि दुई पत्रकारले जारी राखेको आमरण अनशन आजदेखि तोडिएको छ ।

महासङ्घको गतिविधि राजनीतितर्फ बढी भएको र क्रियाशील पत्रकारलाई छाडेर अन्यलाई बढी प्राथमिकता दिएको तथा पाँचथर तथा इलाममा भएको जिल्ला अधिवेशन पारदर्शी नभएको जनाउँदै पत्रकारद्वय लवदेव ढुङ्गाना र प्रेम अधिकारी आमरण अनशनमा बस्नुभएको थियो ।

महासङ्घका पूर्वसभापतिद्वय किशोर नेपाल र डा सुरेश आचार्यको उपस्थितिमा महासङ्घ पदाधिकारी र अनशनरत पक्षबीच सहमति भएपछि पत्रकारद्वयको अनशन समाप्त भएको हो ।

सहमतिपत्रमा महासङ्घका तर्फबाट सचिव धर्मेन्द्र कर्ण र अनशनरत पत्रकारद्वय ढुङ्गाना र अधिकारीले हस्ताक्षर गर्नुभएको छ । महासङ्घ पाँचथर शाखामा भएको नयाँ सदस्यता तथा नवीकरणका सम्बन्धमा शाखा कार्यसमितिले सिफारिस गरेबमोजिम नै केन्द्रले स्वीकृत गर्नुपर्ने, जिल्लामा व्यक्त असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने, इलाम शाखाको असन्तुष्टि सम्बोधन गर्न महासङ्घ केन्द्रले संयन्त्र बनाई समाधान गर्र्नुपर्ने, ताप्लेजुङ शाखाको महाधिवेशन प्रक्रियाका बारेमा पनि केन्द्रीय संयन्त्रले नै समस्याको समाधान गर्नुपर्ने दुई पक्षबीच सहमति भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...