फेब्रुअरी १,अमेरिकाको सिनेट द्वारा एक्जोनमोबिल का पूर्व कार्यकारी प्रमुख अधिकृतलाई विदेश मन्त्रीमा अनुमोदन गरेको छ l रुसका राष्ट्रपति पुटिन संग नजदिक रहेको आरोप उनि माथि लागेकोले निकै विवादमा परेका थिए l
सिनेटले गरेको मतदानमा ५६ का बिरुद्ध ४३ मत प्राप्त गर्दै उनि अमेरिकाको लागि विदेश मन्त्री हुने पक्का भएको हो l रिपब्लिकनले उनका पक्षमा ५६ मत दिएका थिए भने डेमोक्रेटिक दल बाट ४३ मत प्राप्त भएको थियो l ३ जना डेमोक्रेटिक सिनेटरहरु टिलरसन लाई समर्थन गर्न आफ्नो दल संग विभाजित भएका थिए l
टेनेसी रिपब्लिकनका सिनेट विदेश सम्बन्ध समितिका सभापति सिनेटर बब कर्करले टिलरसन राज्य बिभागको प्रभावकारी नेता हुन् सक्ने आफुलाई लागेको विचार राखेका थिए l टिलरसन ले ७५ हजार भन्दा ज्यादा कर्मचारी लाई नेतृत्व प्रदान गरेका छन् l बिश्व भरका सबै संग गहिरो सम्बन्ध स्थापना गर्न सक्ने छन l र अमेरिकाको संकटमय भूमिका बारेमा बुझ्दछन भनि कर्करले वक्तब्यमा उल्लेख गरेका छन् l
उनले अगाडी थप्दै अमेरिकन मूल्य लाई प्रतिवाद उनले अमेरिकी मान रक्षा गर्न ,पुरानो साँठगाँठ बलियो तथा नयाँ निर्माण गर्न अमेरिकी विश्वसनीयता पुनर्स्थापना गर्न प्रतिबद्धता व्यक्त गरेका छन् l
No comments:
Post a Comment