Tuesday, February 28, 2017

लेष्टर सिटी इङ्गलिस प्रिमियर लिग रेलीगेशनबाट जोगियो

 

काठमाडौं, १७ फागुन। लिभरपुललाई हराउँदै लेष्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको रेलीगेशन क्षेत्रबाट बाहिर आएको छ ।
सोमबार राती आफ्नै मैदानमा भएको खेलमा साविक विजेता लेष्टर सिटीले लिभरपुललाई ३-१ ले हरायो । खेलमा लेष्टर सिटीलाई विजयी गराउन जेमी भार्डीले दुई तथा ड्रिङ्कवाटरले एक गोल गरे । पराजित टोली लिभरपुलका लागि फीलीप कौटिन्होले एक सान्तोना गोल फर्काए ।
जितसँगै लेष्टर सिटी लिग तालिकाको १५ औं स्थानमा उक्लिएको छ । २६ खेलबाट उसको २४ अंक भएको छ । तालिकामा ६३ अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ भने ५३ अंकको साथ टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...