Tuesday, February 21, 2017

लसएन्जल्समा सोनाम ल्होछारको भब्य तयारी

क्यालिफोर्निया लसएन्जल्समा बसोबास गर्ने तामाङ समुदायले आफ्नो मुख्य पर्व नयाँ बर्ष सोनाम ल्होछार भब्य रुपमा मनाउन तयारीमा जुटेका छन् । ल्होछारकै अवसरमा शुभ कामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रमको आयोजना गर्ने जानकारी सांस्कृतिक संयोजक भीमसेन लामाले गराएका छन् l

सबै जातजाती भाषा संस्कृतिको जगेर्ना गरौ ,परम्परागत कला सस्कृतिको सम्बर्दन गरौ “भन्ने मुख्य उदेस्यका साथ तामाङ समुदायको नयाँ वर्ष (चरा वर्ग )”ज्या ल्हो” मनाइने भएको छ l

समाजका अध्यक्ष टेक लामाले एकता भित्रको छुट्टै भाषा, पहिचान र संस्कृतिको विकास गर्ने एंव तामाङ समुदायको मौलिकता झल्काउने लक्ष्यका साथ लसएन्जल्समा नै पहिलो पटक यो पर्व मनाउन गईरहेको हुँदा सबैको सकारात्मक सहयोग र साझा तथा फराकिलो बुझाईहोस् भन्ने आशा राखेका छन्

कार्यक्रम अर्कों साता फेब्रुअरी २७ तारिख सोमबार बेलुकी लसएन्जल्स शहरको आर्टेशिया स्थित तारा हिमालयन कुजिनमा चर्चित हास्य कलाकार गोपाल नेपाल (फिस्टे), अन्य कलाकारहरु डोमा ह्योल्मो , नलिना चित्रकार र दोहोरी गायिका शिला आले मगरको साथमा हुने भएको छ l

यस कार्यक्रममा लसएन्जल्सका संघ/संस्थाहरुलाई निमन्त्रणा गरिसकेको र सम्पूर्ण लसएन्जल्सबासी समुदाय सदस्यहरुलाई यसै सुचना मार्फ़त निमन्त्रणा गरिएको जानकारी सोसाइटीका महासचिव डोल्मा लामा जानकारी दिएकी छिन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...