Thursday, February 23, 2017

अख्तियारद्वारा मालपोतका कर्मचारी पक्राउ

भक्तपुर, १२ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा दुई कर्मचारीसहित तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा ऋषिराम बुढाथोकी, कार्यालय सहयोगी केशवबहादुर खत्री र लेखापढी व्यवसायी विष्णुहरि न्हिुसुतूलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जगातीले जानकारी दिएको छ ।

मालपोत कार्यालय अगाडिको खाजा पसलमा सेवाग्राहीसँग रु छ लाख १४ हजार घुस लिँदै गर्दा अख्तियारको टोलीले हिजो साँझ उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

मालपोत कार्यालयका प्रमुख कमल तिमिल्सिना र महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक राजकुमार सिलवालको रोहवरमा अख्तियारको टोलीले घुस लिएको रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको छ ।

आयोगमा परेको निवेदनअनुसार विगत एक सातादेखि सो कार्यालयका कर्मचारीमाथि आयोगले निगरानी गर्दै आएकोे आयोगका कर्मचारी गोकुल पन्तले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...