अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको नेवाः अर्गनाईजेसन अफ अमेरिकाको स्वस्थानी व्रत शालि नदिको समापन प्रक्रियाको जस्तै झझल्को दिने गरि सम्पन्न भएको छ l
म्यारिल्याण्ड राज्यको हिन्दु मन्दिरमा पौषशुक्ल पूर्णिमादेखि प्रारम्भ गरिएको एक महिने श्री स्वस्थानी परमेश्वरीको व्रत विशेष पूजा अर्चना गरी भब्यताको साथ सम्पन्न भएको छ l
उक्त समापनमा यस क्षेत्रमा बसोबास गर्ने श्रदालु तथा व्रतालुहरूको निक्कै घुईचो लागेको थियो भने नेवाः समुदायका प्रख्यात पण्डित (अध्येता) बासव राजोपाध्यायले काठमाडौँ साँखुको शालि नदीको जस्तै गरि पूर्ण बिधि अनुसार पूजा अर्चना तथा होम गराएका थिए l
नेवाः अर्गनाईजेसन अफ अमेरिकाका पण्डित बासव राजोपाध्यायले हिन्दु धर्मावलम्बीमा नेपालमा मात्र श्री स्वस्थानी व्रतकथाको भनिने जानकारी दिए भने प्रतक्ष्य परमात्मासंग सम्पर्कमा रही गरिने पुजा हो भनि बताए l अमेरिकी नागरिक जेस्सिका भ्यान्टिन बर्केनहोल्जले अमेरिकाको सिकागो विश्वविद्यालयबाट सन् २०१० मा श्री स्वस्थानी व्रतकथामा विद्यावारिधि उपाधि हासिल गरेकी छिन l
संस्थाका अध्यक्ष राम लाल श्रेष्ठले अमेरिकामा रहेता पनि आफ्नो परम्परा ,धार्मिक उत्सव ,चाड पर्व ,संस्कृतिलाई सम्बर्धन र प्रबर्धन गर्ने एनओए (नेवाः अर्गनाईजेसन अफ अमेरिका )को मुख्य उदेश्य रहेकोले बिगत ६ बर्ष देखि डिसी महानगर क्षेत्रमा स्वस्थानी व्रतको कार्यक्रम गर्दै आई रहेको बताए l
हिन्दु महिलाहरु आफ्नो इच्छा पूरा हुने विश्वासका साथ एक महिनासम्म एक छाकमात्र खाएर यो व्रत बस्ने परम्परा छ । अन्तिम दिनमा जनै, अक्षता, बेलीपुष्प, पान, मसला लगायतका नैवेद स्वस्थानीलाई चढाउने चलन अनुसार सबै व्यवस्था अमेरिकामा पनि जुटाईएको थियो l
No comments:
Post a Comment