Friday, February 17, 2017

फेब्रुअरी अन्तिम दिन फागुन १७ गते पानी अभियान दिवस कसरी मनाउने त ?

१ ,  नारा ” हरेक घर धारो होस् , हरेक गाउँ सिंचाइ होस् ”  विभिन्न सामाजिक संजालमार्फत व्यापक बनाएर
२ पानी शिर्षकमा विभिन्न लेखहरु प्रस्तुत गरेर  एवम अन्य रचनाहरु प्रस्तुत गरेर
३ आफ्नो वरिपरिका गाउँको शहरका पानी पिडाबारे फोटोद्दारा एवम रचनाद्दारा प्रस्तुत गरेर
४  पानीसम्बन्धी आकडा प्रस्तुत गरेर
५ विभिन्न सामाजिक सन्जालहरु  फेसबूक ट्वीटर ब्लग आदिमा  जुन गाउँमा पानी छैन पानी अभाव छ ती गाउँहरुको यथार्थमुलक फोटो प्रस्तुत गर्दै क्याप्सनमा पानी अभियानको नारा ” हरेक घर धारो होस् , हरेक गाउँ सिंचाइ होस् ” लेखेर
६ सम्भव भए सम्म पानी सम्बन्धि अन्तर्कृया गरेर यो पहिलो वर्ष देखि भएको हुदा यति छिटो हरेक ठाउँमा अन्तर्कृया गर्न सम्भव नहुन सक्छ तर सकेको ठाउमा जे जसरी हुन्छ अन्तर्कृया गरेर
७ पानी अभियान सम्बन्धी नारामा लेख लेखेर
८ पानी अभियानको नारा सफल होस् भनेर शुभकामना दिएर
९ विभिन्न पत्रपत्रिका एवम अनलाइन पोर्टलहरुले उक्त दिन नारा व्यापक बनाउने सामग्री राखेर पानी सम्बन्धि समाचार प्रमुख बनाएर  विभिन्न व्यक्तिहरुको पानी सम्बन्धि अन्तर्कृया लिएर जस्तो मेलम्ची आयोजना सिक्टा सिंचाइ आयोजना आदि एवम विभिन्न गाउँ शहरको पानी पीडा बारे अवगत गराएर
१० यो वर्ष थोरै समुदाय किन नहोस् पानी अभियान दिवस मनाउन शुरु गरौ । मनाउने तरिका फरक किन नहोस् पानी मुद्दा  अगाडि लिने गरौ । आशा छ अर्को वर्ष देखि अझ धेरै सहभागिता हुन्छ , हुनेछ  । अन्ततः हामी एक दिन ” हरेक घर धारो , हरेक गाउँ सिंचाइ नारा सफल बनाएरै छाड्नेछौ ।
११ तिर्खाएका आत्माहरुले पानी पाउन भन्ने चाहना भए पानी अभियानलाई  नारा पूरा होस् भन्ने शुभकामना व्यक्त गर्दै सहयोग गर्ने इच्छा गरेर
१२ आउनुहोस् तपाईं हामी नजुटे को जुट्ने ?  सम्भव भएका ठाउहरुमा पानी धारा निर्माणको लागि पहल गरेर सिंचाइ निर्माणको लागि पहल गरेर ।
पानी अभियानको नारा सफल पारेरै छाडौ । युगले जित्ने कोहि पनि हार्नु नपर्ने पानी अभियानलाई सन्सारकै महाअभियान बनाएर नारा पूरा गराइ छाड्ने सोचमा जुटौ । हामी सफल हुन्छौ र हुनेछौ । केही गाउँ हाम्रै पालामा सफल हुनेछन् ।
युग बदल्ने काम तपाईं हाम्रै हो ।

“रगत बगाउने युगको अन्त्य गर्दै पानी बगाउने युगको शुरूवात गरौ”
हामी सबैको साझा अभियान पानी अभियान

तपाइहरुको साथ र समर्थन पाउने आशामा
मित्रलाल पार्दे
पानी अभियानकर्ता
पोल्यान्ड

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...