Sunday, February 26, 2017

प्रदेशले मात्र स्थानीय तहको चुनाव गराउँछः अध्यक्ष यादव

विर्तामोड, १५ फागुन । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तोकिएको समयमा स्थानीय तहको चुनाव हुन नसक्ने बताउनुभएको छ ।

‘सरकारले पहिला प्रदेशको चुनाव गराउनुपर्छ, प्रदेशले मात्र स्थानीय तहको चुनाव गराउने हो,’ सङ्घीय प्रेस फोरमले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले “प्रदेशले पाएको अधिकार खोसेर सरकार उल्टो दिशातर्फ हिँड्न खोजेको आरोप लगाउनुभयो ।”

अध्यक्ष यादवले सरकारले स्थानीय तहको निर्वाचन जबरजस्ती गर्न खोज्यो भने सङ्घीयता धरापमा पर्ने बताउँदै स्थानीय तहको चुनाव हुन्छ भनेर सरकारले जनतामा भ्रम फैलाएको आरोप लगाउनुभयो ।

प्रधामन्त्री पुष्पकमल दाहालले सरकार गठनका वेला मधेसी मोर्चासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै सहमति कार्यान्वयनमा चासो नदेखाइएका कारण सरकारलाई मोर्चाले दिदैं आएको समर्थन फिर्ता लिने प्रक्रिया अघि बढाइने छ भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...