Friday, February 24, 2017

जीवनका रंगहरु ( Colors of Life)

जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्नेछौ l यसै शृंखला अन्तर्गत आज हामी समक्ष हुनुहुन्छ – टेक्सास राज्यमा बसोबास गर्नु हुने विजयराज भट्टराई एवम् सविता भट्टराई l

प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु –

१) जीवन (Life) के हो ?

जीवन प्रकृति को सुन्दर सृजना हो जसलाई एउटा यात्रा को रुपमा तय गरिन्छ। यो यात्रालाई कसैले सहज मान्छन, कसैले संघर्ष ठान्छन् हामी भने आफूलाई जे गर्दा बढी सन्तुष्टी को महसुस हुन्छ त्यसैलाई जीवन मान्दछौं ।हामी जीवनमा सधै एउटा कुरा ख्याल राख्छौं – सके सम्म अरुको भलाई हुने कार्य गर्न सकौं ।

२) खुशी (Happiness) के हो ?

हरेक समय को आ-आफ्नै आवश्यकता हुन्छ। त्यो समयमा रहेको आवश्यकता पूर्ती हुनु नै खुशी हो। जुन -जुन कार्य गर्दा सन्तुष्टी को महसुस हुन्छ र जे परिणामको अपेक्षा ले उत्प्रेरित भएर कार्य गरिन्छ त्यही परिणाम पाइन्छ त्यही आनन्द नै खुशी हो।

३) कर्तब्य (Responsibility) के हो ?

नैतिक रुपमा प्रतिबद्ध भएर परिवार, समाज र राष्ट्र का लागी पुरा गर्ने दाइत्व नै कर्तब्य हो जुन आफ्नो पारिवारिक तथा सार्वजनिक जिम्मेवारीलाई इमान्दारिता पूर्वक निर्वाह गरेर गरिन्छ।

४) सम्बन्ध (Relationship) के हो ?

जीवनलाई पूर्णता दिने त्यो परिचय जसले जीवनका हरेक दु:ख-सुखमा उत्तिकै साथ दिन्छ, जसको साथ हुँदा आफूलाई बलियो महसुस हुन्छ, जसले सधै राम्रो कार्य गर्न उत्प्रेरित गर्छ, एक-अर्का मा सबैभन्दा बढी बिश्वास र भरोसा हुन्छ त्यही नै हो सम्बन्ध।

५) आत्मीयता (Intimacy) के हो ?

त्यो भावनात्मक सामिप्यता जसले दुई आत्मालाई एक झैँ बनाउन सक्छ। एउटाले अर्कोलाई पूर्ण महसुस गर्न सक्ने एउटा बिश्वास को दह्रो गाठो जहाँ एउटा को अनुपस्थिति मा अर्को ले आफूलाई अपूर्ण ठान्छ त्यही हो आत्मीयता।

आजको शृंखलामा यतिनै l अर्कोपटक फेरी अर्को जोडीलाई लिएर आउने छौ l त्यतिन्जेल्का लागि विश्राम l सबैको जीवनमा खुशीका रन्ङहरु भरिउन, सफलताले शिखर चुमुन अनी आत्मविश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना l प्रतिक्षा गर्नुहोस् अर्को पालो तपाईंको हुनसक्छ l

प्रस्तुतकर्ता सुवास ढकाल

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...