बाल्टिमोर – मेरिल्याण्ड, नेपाली समुदायहरुको आफ्नै पहलमा बनाउन लागिएको “हिन्दु बुद्ध मन्दिर” निर्माणमा सहभागी स्वयंसेवकहरु बीच रमाइलो भेटघाट कार्यक्रम हालै सम्पन्न भएको छ।
स्थानिय PARKER’S रेस्टुरेन्टमा सम्पन्न कार्यक्रमको शुरुआतमा मन्दिर निर्माणको महाअभियानमा हालसम्म भएको विभिन्न चरणहरुको प्रगति बिबरणहरु प्रस्तुत गर्दै स्वयंसेवकहरुले आ-आफ्नो जिम्मेवारीका प्रगती बिबरणहरु उपस्थित सबैलाई जानकारी गराउनु भएको थियो। आगामी दिनहरुमा यस महाअभियानलाई अझै कसरी प्रभावकारी ढंगले अघि बढाउँदै बढी भन्दा बढी परिवारहरु सम्म कसरी पुग्न सकिन्छ भन्ने बारे पनि बृहत् छलफल गरिएको थियो।
कार्यक्रममा अग्रज स्वयंसेवक, समाजसेवी डा. श्याम कार्की ज्युले मन्दिर निर्माणमा सहयोग गर्ने विभिन्न दाताहरुलाई विभिन्न चरणहरुमा वर्गीकित गरि ब्यबस्थापन र सम्मानित गर्न सकिए बढी परिवारहरु अझै यस अभियानमा आकर्षित हुने आफ्नो अनुभव सबैलाई प्रकाश पार्नु भएको थियो। महाअभियानको क्रममा ९० दिन भित्रमा सहयोग गर्ने सम्पुर्ण दाताहरु मन्दिरको संवत्: संस्थापक सदस्य हुने, $१००० डलर सहयोग गर्नुहुने दाताहरु आजिवन सदस्य हुने तथा $५,००० डलर वा सो भन्दा बढी सहयोग गर्नु हुने दाताहरु मन्दिरको बिर्ड अफ् ट्र्स्टी हुन सकिने प्रावधान बारे उहाँले सबैलाई प्रकाशित गर्नु भएको थियो।
स्वयंसेवक मध्येका एक सफल ब्यबसायी श्री बिक्रम पोखरेल ज्युले आफुले कबुल गरेको $१०,००० डलरको सहयोग चेक हस्तान्तरण गर्दै मन्दिर निर्माण्न अभियानमा विभिन्न आर्थिक संकलनमा तेवा पुग्ने कार्यक्रमहरु गरिने जस मध्ये यहि फेब्रुअरी १२ तारिख आफू लगायत केही सहयोगीहरुको पहलमा प्रेम दिवसको अवसर पारेर “Valentine’s Day Cruise Party” को आयोजना गर्न लागिएको पनि जानकारी दिनुभएको थियो। यसरी नै मन्दिरलाई सबैले साथ र सहयोग गर्नु पर्ने कुरामा जोड दिँदै करिव ५ बर्ष सम्म $३०० डलर भन्दा कमको मर्मतसम्भारको सम्पुर्ण खर्च आफुले ब्यहोर्न बाचा पनि गर्नु भयो।
मन्दिरमा हाल सम्म करिव ४५० परिवार आबद्ध भैइसकेको र उहाँहरुबाट करिव $ २,०२,००० डलर सहयोग कबुल गरिसकेको र हाल सम्म करिव $१,२५,००० डलर उठेर संस्थाको बैंक खातामा जम्मा भैइसकेको जानकारी आर्थिक गतिविधि सम्हालिरहनु भएका स्वयंसेवक शालिक वाग्ले तथा दिपक शर्माले सबैलाई जानकारी गराउनु भएको थियो।
उपस्थित सवै स्वयंसेवकहरुमा निकै उत्साह र जोश सजिलै देख्न सकिन्थ्यो भने सम्पुर्ण स्वयंसेवकहरुका तर्फबाट समाजसेवी श्री कृष घिमिरेले मन्दिर निर्माणमा साथ र सहयोग गर्ने सम्पुर्ण परिवार विशेष धन्यवाद ब्यक्त गर्दै अझै थुप्रै नयाँ पुराना बाल्टिमोर मेरिल्याण्डवासी साथीभाई तथा परिवारहरुले उत्सुकता देखाएको र थप सहयोगका लागि सम्पर्क गरिरहेको पनि जानकारी गराउनु भयो।
कार्यक्रम मुख्यत: हाल शुरु हुँदै गरेको मन्दिर निर्माणको महाअभियानमा समर्पित स्वयंसेवक साथीभाइ तथा परिवारहरु बिच आपसी भेटघाट, परिचय र आत्मीयता बढाउनका साथै महाअभियानबाट प्राप्त हाल सम्मको उपलब्धिहरु बारे जानकारी गराउन लागि आव्हान गरिएको गरिएको थियो। संयोग: सो कार्यक्रममा केही बर्ष यता अमेरिकी नेपाली समुदायमा पनि बिस्तारै लोकप्रिय हुँदै आएको बिश्व बिख्यात अमेरिकी फुटबल प्रतिको आकर्षण अनि त्यसमाथि चार पटकको विश्व बिजेता टिम NEW England को Patriots र Atlanata को Falcons बिचको ५१औं संस्करणको भब्य Super Bowl Championship प्रतियोगिता साथमा विश्व प्रसिद्ध गायिका “लेडी गागा” को उत्कृष्ट सांगीतिक लाईभ प्रस्तुती रहेको रोमाञ्चक प्रत्यक्ष फाइनल खेल हेर्ने भब्य कार्यक्रम पनि जुरेको थियो।
फुटबल खेलको दौरानमा स्वयंसेवकहरु बिच खेलाईएको मनोरञ्जनात्मक Super Bowl Bracket फन गेममा बिजयीहरु Bimal Thapa, Ammar Chhantyal $५०,०० डलर, Suresh Shrestha $८०.०० डलर गरि जम्मा $३९०.०० डलर आफुहरुले जितेको रकम मन्दिर निर्माणका लागि नै सहयोग गरेका छन। यसरी रमाइलो पारिवारिक वातावरणमा सम्पन्न भएको कार्यक्रममा उपस्थित सम्पुर्ण स्वयंसेवकहरु सबैले एक अविस्मरणीय साँझ भनी बताएका छन्।
No comments:
Post a Comment