Monday, February 13, 2017

अमेरिकामा नेपाली मूलकी आठ कक्षाकि सुकृति शर्माको निवन्ध अमेरिकाको प्रसिद्ध अनलाइन पत्रिका उजी डटकम(OZY.com)मा

नेपाली मूलकी केवल कक्षा आठमा अध्ययनरत १४ बर्षिय किशोरी सुकृति शर्माको निवन्ध अमेरिकाको प्रसिद्ध अनलाइन पत्रिका उजी डटकम(OZY.com)मा प्रकाशित भएको छ l वाशिंगटन इर्भिङ्ग माध्यमिक बिद्यालयमा अध्ययनरत शर्मा यसको अतिरिक्त सामुदायिक समाचार पनि लेख्ने गर्छिन l

उनले आफ्नो लेखमा जब आइतबार मेरो पिताले वाशिंगटन पोष्ट पत्रिका ल्याउनु हुन्थ्यो जस्मा बालबालिकाको सामग्री हुन्थ्यो l आफूलाई त्यो पत्रिकाको पृष्ठ पल्टाउने क्रममा त्यहाँ बाट निवन्ध तथा कविता तथा अन्य चिज देख्दा मलाई मन पर्यो भनि लेखेकी छिन् l

वास्तवमा मलाई पत्रिकाले मेरो सातौ जन्म दिवसको अवसरमा शुभकामना दिएकोले मैले त्यसलाई पर्खालमा अन्य साथीहरु संग भएको तस्बिर घरमा राखेको उल्लेख गरेकी छिन् l

त्यो कारण बाट पत्र पत्रिका पढ्ने संस्कृतिको विकास गरेको अमेरिकन पत्रिकामा आफ्नो कुरा निर्धक्क भएर राखेकी छिन् l उनले त्यस पत्रिका मा यसो पनि भनेकी छिन् आफु संग रहेका संचार माध्यमहरुबाट समाचार पढ्ने गरेको स्पष्ट परेकी छिन् l

उनले वाशिंगटन पोष्ट र टाइमले बालबालिकाहरुका लागि छुट्टै स्थान दिएर युवा पाठकहरुका लागि समेत प्राथमिकता दिएको ले हर्ष व्यक्त गर्दै बालबालिकाको शैक्षिक वृद्धिमा सानो स्थानले सहयोग हुने विचार पोखेकी छिन् l

कम्तिमा पनि हप्ताको एक पटक बालबालिकाको लागि सानो स्थान दिएमा उत्तम हुने विचार राखेकी छिन् l उनले आफ्नो पिताले संचालन गरेको सामुदायिक टिवी (दुर दर्शन )प्रस्तुति अमेरिकन कन्भर सेसन कार्यक्रम आफैले संचालन गर्ने गरेको उल्लेख गरेकी छिन् l

उनले आफ्नो लेखमा बालबालिकाको कथा र अन्य सामग्रीले प्रकाशकलाई राम्रो व्यापार नदिएता पनि हरेक घरमा बालबच्चा हुने गरेकोले उनीहरु पनि घटना र कथा तथा अन्य बिषयमा पनी त्यतिकै अभिरुचि हुने हुन्छन भनि लेखेकी छिन् l

बालबालिकाहरुका लागि अनगिन्ती बिबिध कार्यक्रमहरु संचार माध्यम बाट नियमित देखाइन्छ l उनले एउटा तथ्यांक प्रस्तुत गर्दै ३१ प्रतिसत अमेरिकाका १४ देखि १७ बर्षका बालबालिकाहरु ज्यादा टिवी हेरेको कारण आँखा कमजोरी भै चिकित्सकको चस्मा लगाउने गरेको उल्लेख गरेकी छिन् l

वयस्कका लागि साहित्यिक पुस्तक पाइने छन् तर बालबालिकाको लागि यस्ता पुस्तक नपाइने जिज्ञाशा राखेकी छिन् l लेखमा सबै प्रकाशकलाई संसार भर बाट प्रकाशित हुने हुने पत्रिकामा आधा पृष्ठ मात्र बालबालिकाको पढ्ने प्रकारका सामग्री प्रकाशित गर्न समर्पित गरे ठुलो कुरा हुने भन्दै धेरै नमागी यो सानो अनुरोध गरेको लेखेकी छिन् l

बालबालिकालाई आफ्ना लेख ,कविता स्मरण आदि प्रकाशन गर्न दिएमा उत्प्रेरित हुने आफ्नो विचार राख्दै उनीहरुलाई पढ्न र लेख्न को लागि प्रोत्साहन गर्नु पर्ने तर्क राखेकी छिन् l किनभने देशको मेरुदण्ड बालबालिका हुन् भनि आफूले अमेरिका बाट संचालित बिश्व विख्यात अनलाइन पत्रिका उजी डटकममा स्पष्ट कुरा राखेकी छिन् l

उनको अंग्रेजीमा लेखेको लेख हेर्न यो लिङ्क थिच्नु होस् : http://bit.ly/2le0mp9

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...