सामाजिक क्षेत्रलाई गलत कुराहरुले ढाक्नेर छोप्ने कार्य भएको छ।
कुनै पनि बेक्तीसंग समाजसेवा वा सामाजिक संस्थामा आफ्नो उम्मेदवारी दिँदै गर्दा आ-आफ्ना योजनाहरु हुनसक्छन त्यो कुनै नौलो कुरा भएन तर उसको हातमा अहिले वा बिगतमा कति सामाजिक काम गरेको प्रमाण छ र कति काममा उसले कुन जिम्बेवारी बहन गरेको छ त्यही आधारमा आउँदो कार्यकालको लागि अगाडी बढ्नु पर्ने हुन्छ।
“बिपना अहिलेको समय हो, सपना आउने समय हो जब बिपनामा कुनै माखो मारेको छैन र मार्न सकेन भने सपनामा बाघ मर्ने कुरा गर्नु मात्र धमिलो पानीमा माछो मार्नु वा हाम्रो समाजको भबिस्यलाइ अझ अन्धकारमा धकेल्नु मात्र हो।”
मेरो १० वर्षे अमेरिकाको बसाइमा महिले त्यो दिन देखि आज सम्म हरेक दिन एउटा वा त्यो भन्दा बढी सामाजिक कार्यहरु गर्दै आएको छु। चाहे त्यो संस्थागत रुपमा होस् वा ब्यक्तिगत रुपमा नै किन नहोस्।
“ग्लेनवर्नी एरिया” मा करिब २०० जना तथा पुरा मेरिल्यान्डमा थप १०० जना नेपाली दाजुभाइहरुलाई काम तथा अरु कार्यमा हेल्प गर्दै आयको छु र गरिरहनेछु। समाजका हरेक क्रियाकलापमा प्रत्यक्ष रुपमा सहभागी भै अगाडी बढेको छु।
मैले बिगतमा गरेका केहि राम्रा कामहरु, उठाएका आवाजहरु र गरेका जोड र पहलहरु :-
१ भुकम्पबाट क्षतिग्रस्त नेपाल र नेपालीहरुको लागि बाना मार्फत सहयोग संकलन अभियानमा सबैभन्दा बढी धन राशि तथा धेरै भन्दा धेरै जनसहभागिता गराउन सफल।
२ स्थानीय खेलकुदप्रेमी भाइबहिनिहरुको लागि बेक्तिगत तथा संस्थागत रुपमा सहयोग संकलन अभियान संचालन गरेको ।
३ दुवै मिर्गौला फेल भै उपचारार्थ रहेका मनोज कटेललाइ बेक्तिगत रुपमा सहयोग संकलन अभियान तथा संस्थागत अभियान संचालनमा साथ र सहयोग गरेको छु । अझै संचालनमा छ ।
४ आँखाको क्यान्सर भै १ आखा गुमाई सकेकी ३ बर्षिय शुभारम्भीको अर्को आँखा बचाउने प्रयासलाइ साथदिन सहयोग संकलन अभियानलाई सुरु गरेको छु।
५. मेरिल्याण्ड एकता तथा सामाजिक सूचना केन्द्र निर्माणको लागि श्रीजन ताम्राकार ज्युको योजनालाई पूर्ण साथ दिदै मेरिल्याण्डका हामि नेपाली सामाजिक संजालमा प्रत्यक्ष संग्लग्न। जसको प्रतिफल आज तपाई हामीले देखेका तथा प्रतक्ष्य उपभोग गरेका छौ।
६ हिन्दु बुद्ध मन्दिर तथा संस्कृतिक केन्द्र निर्माणको माहान स्वत : स्फुर्त भोलेन्टियर अभियानलाई साथ , समर्थन र सहयोग संकलन गर्दै आयको छु। घोषित रुपमा हप्ताको एक दिन तथा अघोषित रुपमा २४/७ लागि परेको छु।
७ बानालाइ आन्तरिक वा बाहिरिय छेडछाड तथा हस्तक्षेप बिरुद्ध सायद म १ बेक्ती हुँ जसले आफ्नो शाब्दिक तथा प्रमाणको साथ छाती खोलेर अगाडी उभिएको छु। किन कि बाना पर्ती मलाई माया र बिस्वाश छ।
८ बानाका हरेक जायज निर्णयलाई आत्मसाथ गर्दै काम कारबाहीमा आफुलाई उचित स्थानमा उभ्याएको छु।
९. बानामा देखिने गरेका राजनीतिक तथा समुहगत गुट उपगुटको सधै बिरोध गरेको छु।
१० सामाजिक संस्था मात्र समाजको चाहना अनुसार चल्नु पर्छ, समय र सामाजिक माग परिबर्तनशिल छ, संघसंस्था पनि परिस्थिति अनुसार परिबर्तन हुनुपर्छ भन्दै आवाज दिंदै आएको छु।
११ समिर गुरुङ सहयोग संकलन अभियानको लागि स्वत: स्फुर्त भोलेन्टियर को कार्य गर्दै यस अभियानको लागि “मेरिल्याण्डका हामि नेपाली” सामाजिक संजाल तथा श्रीजन ताम्राकार तथा नेपाली रास्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरु संग मिलेर कार्यक्रम गर्न सफल भयका छौं।
१२. बाना मार्फत सहयोग संकलन अभियानको लागि राखिएको गो फन्ड मि लिंकलाइ हरेक दिन अपडेट तथा प्रचार कार्यमा लागेको छु।
स्मरण : गो फन्ड मि मात्र समस्याको समाधान होइन यसलाई संचालन गर्दै गर्दा स्थानीय तहमा संस्थागत रुपमा स्वत: स्फुर्त सहयोग संकलन भोलेन्टियरको अभियान पनि संचालन गर्न महिले आवाज तथा जोड दिएको छु।
१३. मेरिल्यान्डबासि नेपाली समुदाय लाइ बाना प्रति माया हुँदा हुदै पनि बिस्वास, साथ, समर्थन र सहयोग उचित मात्रामा नहुनुमा २०११ को धन्यांचल र उधारो आर्थिक सहयोग संकलन हो ।
यदि मेरिल्यान्डमा कमिनिटी सेन्टर मन्दिर बनाउने हो भने त्यो उधारो आर्थिक संकलनलाइ पहिला किलियर गरेर मात्र अगाडी बढ्न सम्भब छ। जुन मैले भन्दै आएको छु दिनेलाइ सम्मान र नदिनेलाई सार्बजनिक रुपमा उक्त सहयोग दाताको लिस्टबाट हटाउनु पर्छ तब मात्र सम्भब छ तर बिडम्बना कसैले त्यो बारेमा बोल्न वा तत्परता दिन सक्नु भएन र आज BNCC लाइ NCCM बनाउने कार्य भएको छ।
म दावाका साथ भन्छु BNCC को त्यो धमिलो जगबाट NCCM बन्न सक्दैन।
माथि उल्यखित सामाजिक कामहरु मेरो हातमा अझै संचालित छन। जसको परिणाम र प्रतिफलहरु आउने क्रममा छन। माथि उल्यखित योजना, काम, तथा पहलहरुको आधारमा म आफुलाई आउदो बाना कार्यसमिति १७/१९ को लागि योग्य भयको ठान्दछु।
आशा छ सम्पूर्ण मेरिल्याण्डवासी नेपाली समुदायले मेरो कामको सहि मुल्यांकन गर्नु नै हुने छ।
नमस्कार
इन्दु राज रेग्मी
बाना वरिष्ठ उपाध्यक्षका प्रत्यासी
© मेरिल्याण्डका हामी नेपाली, 2017
No comments:
Post a Comment