एटिएनटीका अधिकारीले डीसी तथा भर्जिनिया एलेकज्यानड्रीयाका वासीले एटिएनटी बाट प्रहरीको आकस्मिक सेवा बुधबार राती ९-१-१ डायल (घन्टी )गर्न नसक्ने आकस्मिक खबर दिएका छन् l डिसी तथा भर्जिनियाको एलेकज्यानड्रीयामा बसोबास गर्ने र एटिएनटी प्रयोग कर्ताले एटिएनटी सेवामा केहि समस्या आई परेकोले उक्त जानकारी आधिकारिक रुपमा डीसी शहरका अधिकारीले दिएका छन् l
राष्ट्रभर सेवामा रोकावट आएको अनुभव गरिएकोले एटिएनटीका ग्राहकले ९-१-१ मा आकस्मिक परेमा अस्थाई रुपमा त्यसको विकल्पको लागि आकस्मिक सेवाको लागि २०२-३७३-३७०० गरेर अर्को २ मा डायल (घन्टी ) दिन सक्ने बताएका छन् l
यस्तै गरि अन्य स्थान र सहरहरु कोलोराडो ,इन्डीयाना र टेक्ससमा पनि यस्ता समस्या भएको जनाएको छ l एटिएनटीका प्रवक्ताले छिटो भन्दा छिटो समस्याको समाधान गर्ने जनाएको छ l र असुविधाको लागि क्षमाप्रार्थी जनाएको छ l
यसै गरि भर्जिनिया एलेकज्यानड्रीयाका एटिएनटीका ग्राहकले ९-१-१ को बदलामा ७०३-७४६-४४४४ मा कुरा गर्नु पर्ने एनबिसी वाशिंगटनले ताजा समाचार लेखेको छ l
No comments:
Post a Comment