Wednesday, March 8, 2017

सप्तरीमा घाइते थप एकको मृत्यु, मृतक सङ्ख्या चार

सप्तरी, २५ फागुन । दुई दिनअगाडि प्रहरीको गोली लागेर घाइते भएका मधेसी मोर्चाका एक कार्यकर्ताको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदाहुँदै आज मृत्यु भएको छ ।

पेटमा गोली लागेर सो प्रतिष्ठानको आइसियुमा उपचार गराइरहेका सप्तरी मलेठ–२ का २२ वर्षीय वीरेन्द्र महतोको मृत्यु भएको मोर्चाले जनाएको छ । त्यसअघि सोमबार सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक करिडोरमा प्रहरी र मोर्चाबीच भएको झडपमा गोली लागेर तीन जनाको मृत्यु भएको थियो । मृतक महतोलगायत अहिलेसम्म चारजनाको मृत्यु भइसकेको छ । १२ जनाभन्दा बढी घाइतेको धरानमा उपचार भइरहेको मोर्चाले जनाएको छ ।

नेकपा (एमाले) को मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको सो औद्योगिक क्षेत्रमा भएको जनसभालाई विरोध गर्दा भएको झडपमा हालसम्म चारजनाको मृत्यु र १२ जनाभन्दा बढी घाइते भएका छन् । रासस
–––––

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...