Monday, March 13, 2017

वैदेशिक यात्रामा जाने युवा दिन प्रतिदिन बढ्दै

धादिङ, ३० फागुन । विभिन्न देशमा रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या धादिङमा भूकम्पपश्चात् भने निकै बढेकोे छ ।

यसैगरी अवसर खोजीका लागि युवा विदेशिने क्रमसँगै जिल्ला प्रशासन कार्यालय धादिङमा राहदानी लिनेको भीड अत्यधिक बढेको छ ।

विगतका भन्दा यस वर्ष राहदानी लिनेको सङ्ख्या पनि दोब्बरभन्दा बढीले वृद्धि भएको एक तथ्याङ्कले देखाएको छ नेपालका ग्रामीण क्षेत्रहरुमा सरकारले युवा केन्द्रित कार्यक्रम नपठाउनु र बढ्दो बेरोजगारीका साथै भूकम्पपश्चात् पुनःनिर्माणका लागि आवश्यक खर्च जुटाउन युवा विदेशिने क्रम बढेको हो ।

जिल्लामा रोजगारीका लागि विदेश जानेको सङ्ख्या यकिन नभए पनि जिल्ला प्रशासन कार्यालय, धादिङबाट राहदानी लिनको लागि आवेदन दिनेको सङ्ख्या भने अहिले दैनिक तीन सयको हाराहारीमा रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिइएको छ ।

केही वर्षअघिसम्म प्रतिवर्ष राहदानी लिनेको सङ्ख्या तीन हजार ५०० देखि चार हजारको हाराहारीमा रहेकामा हाल भने सो सङ्ख्या प्रतिवर्ष झन्डै तेब्बरभन्दा बढी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

विशेषगरी धादिङबाट खाडी मुलुकमा जानेको सङ्ख्या उल्लेखनीय रहेको छ । खाडी मुलुकको अलावा धादिङबाट कामको सिलसिलामा भारत जानेको सङ्ख्या पनि त्यत्तिकै रहेको छ ।

युवा विदेश पलायन भएका करण गाउँमा बालबालिका बूढापाका र महिलामात्र रहेकाले भूकम्पपश्चात्को पुनःनिर्माणको कामका लागि आवश्यक जनशक्तिको अभावसमेत भएकोे छ ।

धादिङको उत्तरी क्षेत्रमा भने एकै घर परिवारका पाँचजनासम्म वैदेशिक रोजगारीमा गएका छन् । यस जिल्लामा कृषिका अलावा विदेशबाट आएको विप्रेषण आम्दानीको मुख्य स्रोत रहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...