Monday, March 6, 2017

सप्तरी बन्द, अवस्था तनावपूर्ण

राजविराज (सप्तरी), २४ फागुन । प्रहरीको गोली लागेर मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोध एवम् आक्रोशमा मधेसी मोर्चाले आज अह्वान गरेको बन्द कार्यक्रमअन्तर्गत सप्तरी जिल्ला पूर्णरुपमा बन्द भएको छ ।

बन्दका कारण यातायात, कलकारखाना, उद्योग, शैक्षिक संस्था बन्द भएका छन् । आक्रोशित मधेसी मोर्चा कार्यकर्ता आज बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजलगायत भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुरलगायतका बजार क्षेत्रमा टायर बालेर प्रदर्शन गर्नुका साथै बन्द गराउँदै हिँडेको पाइएको छ ।

नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा हिजो आयोजना गरिएको जनसभालाई बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा सोमबार तीनजना मोर्चा कार्यकर्ताको मृत्यु भएको थियो भने दुई दर्जन कार्यकर्ता घाइते भएका थिए । गोली लागेर गम्भीर घाइते सातजनाको अवस्था गम्भीर रहेको मोर्चाले जनाएको छ ।

उनीहरुको धरानस्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने अन्यको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

फलस्वरुप सप्तरीको अवस्था आज बिहानैदेखि तनावपूर्ण रहेको छ ।

यसैबीच, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीको आकस्मिक बैठक राजविराजमा सुरु भएको मोर्चाका नेता गजेन्द्र मण्डलले बताउनुभयो । हिजोभएका घटनाका कारण राजविराज आज शोकमग्न रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...