Saturday, March 18, 2017

भर्जिनियामा चोरर सुई कुच्चा ठोक्दा चोरको गोडा भाचिए पछि प्रहरीलाई आफैले बोलाउदा पक्राउ

हामीलाई मात्र हैन,चोर डाका लाई दशा लाग्दो रहेछ भन्ने कुरा अमेरिकाको भर्जिनियाको एलेकज्यानड्रीयाका एक चोरलाई त्यस्तै घटना घटेको छ l साढे सातको दश लिएर आएका त्यी दसारी चोरले घरमा कोहि नभएको समयमा चोरेर सुई कुच्चा हुने हुँदा खुट्टा भाचेका छन् l

खुट्टा भाचिए पछि बाध्य भै प्रहरीलाई ९११ मा स्वयमले प्रहरीलाई सहयोग गर्नु भनि बोलाएका थिए l चोरले दोश्रो तल्लाको बार्दलीबाट हाम फाल्दा नली खुट्टो भाचेका थिए l उनले डिसी क्षेत्रमा भर्खरै परेको हिमपातमा जमेको ढुंगा जस्तो हिउको थुप्रोमा दुई तल्ला बाट हाम फाल्दा चोरलाई दशा लागेको हो l

तर प्रहरीले चोरलाई अस्पतालमा भर्ना गरि दिएका छन् चोर केवल २१ बर्षिय को युवा हुन् l लिउल योसेफ नाम गरेका चोर लाई चोरी गरेको तथा अवैध रुपमा छिरेको अभियोग चलाइएको छ l

गत मार्च १५ तारिख बुधबार चोर्ने क्रममा खुट्टा भाची थला परे पछि प्रहरीले खोज्दै जाँदा संदिग्ध चोरलाई पक्रेका हुन् l प्रहरीले अन्य जानकारी गराएको छैन भनि एपीले समाचार लेखेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...