Thursday, March 2, 2017

लण्डन, २० फाल्गुण । सबै गीत संगीतमा आआफ्नोपन हुन्छ, भावना पोख्ने र गाउने अलग-अलग तौर-तरिका भएपनि गीत संगीतले दिने संदेश र आनन्द भने फरक-फरक हुन्छ । यस्तै एउटा पृथक गीत चर्चित गायिका मनु नेम्वांङ्गले हालै मात्र बजारमा ‘रातमा फुल्ने जुनेली भुइमा झर्र्दैन’ बोलको गीत सार्वजनिक गरेकी छन् ।

राजकुमार तेयुङ्गको शब्द रहेको उक्त गीतलाई इन्द्रशुसिल चोङ्गवांङ्गले लयबद्ध गरेका छन् पुर्बेली लयमा बनेको यस गीतलाई मनु नेम्बांङ्ग,इन्द्रशुसिल र टिका लिम्बुले गाएका छन् । चन्द्र बाम्बुलेद्वारा निर्देशित तथा सम्पादित उक्त म्युजिक भिडियोलाइ ‘एभरेष्ट कल्चरल मिडिया’ लगनखेलबाट उत्पादन तथा वितरण गरिएको छ ।

लिम्बु भाषाका गीतसंगीत र सस्कृति सम्बद्र्वनकालागि लागिपरिरहेकी गायिका मनुले करिब १२ सय जति गीतहरु गाइसकेकी छिन् भने स्विजरल्याण्ड,मलेसिया,हंङ्गकंङ्ग,कोरिया आदि देशहरुमा सांगीतिक यात्रा गरिसकेकी छन् ।

उनको ‘घासे पोखरीमा सयौ चोट सहेर,’लिम्बु भाषाको गीत ‘तु तु गेन यम्बा’, बेशी गाउँतिरको झर्यो ,कोइला खानीमा आदि गीतहरु एक समयका चर्चित गीतहरु हुन् । पाँचथरको दुर्गम गाउँ नवमी डाँडाको सुर्केमा जन्मिएकी गायिकाले लोक तथा आधुनिक गीतहरुको गीति क्यासेट सयौ चोट सहेर, लैजाऊ रेलैमा,लिम्बु भाषाको पाःमाः एल्बमहरु श्रोतामाँझ पस्किसकेकी छन्।

अत्यन्तै गरिब परिवारमा जन्मिएकी मनुले घास-दाउरा मेलापात र हाट बजारहरुमा हाक्पारे ख्याली, धाननाच संगै पालाम गाएर आफ्ना संगीतको गोरेटो खनेकी थिईन, हिजो आफ्ना आवाजहरु बिना सर्त बिना उदेश्य भिर पाखाहरुलाई मात्र सुनाइ रहेकी मनु आज नेपाली एवम लिम्बु सस्कृति र संगीतको जगेर्ना गर्न लागिपरिरहेकी सच्चा पहरेदार बनेकी छिन्।

उनको जीवनका अनगिन्ती ठक्कर र समस्याहरुलाई पन्साउदै काठमाडौँ पुगिन र जीवनलाई सहज बनाउन हरेक संघर्ष गरेकी छन, अनेकौ संघर्षबाट लखतरान हुदै गर्दा एकदिन चुप चाप गुमनाम भएर सिनामंगलको सुकुम्बासी टोलमा झुपडी बनाएर बस्ने निर्णयमा समेत पुगेकी थिइन् ,तर आफु भित्रको कलाको कलहले त्यहाँबाट फेरी बागबजार तिरै फर्किन ।

विभिन्न दुःख-सु:ख गर्दै औपचारिक संगीत शिक्षा सुभारम्भ गर्दै आज आफ्नै रेकर्डिङ्ग स्टुडियो एभरेष्ट कल्चरल मिडियाको स्थापना गरेकी छन् । एउटा दुर्गम गाउँमा जन्मेकी साधारण नारीको यो संघर्ष र प्रगति सामान्य मान्न सकिन्दैन, समाजमा एक उदाहरणीय गायिका मनुको सफलतालाई लिन सकिन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...