Monday, March 6, 2017

बोस्टनमा अन्तरराष्ट्रिय महिला दिवस यसरी मनाइयो ,’एनडव्लुजीएन न्युइङ्ल्यान्ड’मा नयाँ नेतृत्व

 

नेपाली महिलाहरूको विश्वव्यापी सञ्जाल, न्युइङ्ल्यान्ड (‘एनडव्लुजीएन’- न्युइङ्ल्यान्ड च्याप्टर)ले बोस्टनमा ‘परिवर्तनका लागि साहसी बनौँ’ भन्ने नारा लिएर अन्तरराष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न गरेको छ । पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा. बिध्या रञ्जित, इन्कु सुबेदी, एलिना प्रधान र पूर्णिमा सेघलको महिला दिवसको सन्दर्भमा विशेष प्रस्तुति रहेको थियो ।

प्रमुख अतिथी पोखरेलले आफू निर्वाचन आयुक्त हुँदा सांसदमा महिलाहरूलाई ३३% आरक्षणको लागि गरेको प्रयास सफल भएको प्रसङ्ग सुनाउनु भएको थियो । वक्ता एलिना प्रधानले महिला सशक्तिकरणका लागि शिक्षाको साथ साथै सम्पतीमा पनि समान अधिकार दिइनु पर्ने कुरा राख्नु भएको थियो ।

‘एनडव्लुजीएन’का अध्यक्ष रुक्मिनी कार्कीले संस्थाले गरेका उपलब्धिहरूको चर्चा गर्दै नारी दिवसको नारा जस्तै महिलाहरू अझ ससक्त हुनुपर्ने कुरा बताउनु भएको थियो । निर्मला शेरचनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सङ्गेर्वा कुलुङ, सुदिना श्रेस्ठ, चन्दना, दिवयानी र सिमरनको नृत्य, सोनी खत्री, शान्ती जोशी, रुक्मिनी कार्की, जमुना श्रेस्ठ, पुष्पा गुरुङ्, अन्जना उपाध्याय र रीता राणाको गायन, ममता कर्माचार्यको कविता तथा हिमालयन हेरिटेज कल्चरल एकेडेमी बोस्टनका विध्यार्थी सोयम पोखरेल र अनुभव थपलियाको सङ्गितिक प्रस्तुति रहेको थियो ।

कार्यक्रम सञ्चालन अन्जना उपाध्याय तथा रुक्मणी बस्नेतले गर्नु भएको थियो l यसै गरि धन्यवाद ज्ञापन शान्ती जोशीले गर्नु भएको थियो । कार्यक्रममा ‘एनडव्लुजीएन न्युइङ्ल्यान्ड’को नयाँ कार्यसमिति घोषणा गरिएको थियो ।

नयाँ कार्यसमितिको निर्वाचनमा अध्यक्षमा निर्मला शेरचन तथा उपाध्यक्षहरुमा शान्ती जोशी तथा कल्पना श्रेष्ठ निर्वाचित हुनु भएको छ l यसै गरि महासचिवमा रीता राणा तथा सचिवमा रोशनी खनाल निर्वाचित हुनु भएको छ l

यसै गरि कोषाध्यक्षमा रुक्मणी बस्नेत तथा सह कोषाध्यक्षमा जमुना श्रेष्ठ तथा बोर्ड अफ डाइरेक्टरहरुमा क्रमस रोशना घिमिरे न्यौपाने ,सानुमैया श्रेष्ठ ,मीना पुडासैनी ,इश्वरी नेपाल अधिकारी ,अन्जना उपाध्याय ,निर्मला अर्याल तथा मन्जु कुँवर निर्वाचित हुनु भएको छ l यसै गरि नया समितिको सल्लाहकारमा रुक्मिनी कार्कीलाई नियुक्त गरिएको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...