Wednesday, March 15, 2017

एनआरएनए अमेरिकाको सदस्यता बन्ने म्याद चार दिन बढाईयो ।

अमेरिका । गैर आवाशीय नेपाली संघ (एनआरएन) राष्ट्रीय समन्वय परिषद अमेरिकाको कन्फरेन्स कल बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । वुधवार संघका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको बैठकले अमेरिकामा गैर आवाशीय राष्ट्रीय नेपाली संघ राष्टीय समन्वय परिषद अमेरिकाको आज मिति मार्च १५, २०१७ सम्ममा एनआरएनएको सदस्यता लीईसक्नु पर्ने अन्तिम म्याद भएता पनि ओएवसाईटमा प्राविधिक समस्याका कारण सदस्यता वितरणमा वाधा अड़चन आउँदा विभिन्न तह र तप्काका साथै विभिन्न स्टेटवाट म्याद थपीपाउँ भन्ने आग्रहलाई ध्यानमा राखी सदस्यता वितरण तथा नवीकरण विधानत यही मार्च १९ तारिख आईतवार प्यासिफिक समय अनुसार रातीको ११.५९ मीनेट सम्म थप गर्ने निर्णय भयो ।

यस समंवन्धमा उक्त वैठकमा एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक सोनाम लामा द्वारा सदस्यता लिने तथा नविकरण गर्ने म्याद वढाउनका लागि निर्देशन सहित पठाईएको पत्र पढेर महा सचिव तिलक श्रेष्ठले सुनाएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...