Friday, March 31, 2017

मेरिल्याण्डकि बिद्यार्थीलाई बिद्यालयमा सामुहिक गोलीकाण्ड षडयन्त्र गर्ने योजना गरेको आरोपमा पक्राउ

मेरिल्याण्ड प्रहरीले मेरिल्याण्डकि एक बिद्यार्थीले आफु पढ्ने बिद्यालयमा सामूहिक गोलीकाण्ड गर्ने षडयन्त्र गरेको आरोपमा पक्राउ गरेको छ l आज मार्च ३१ तारिखका दिन उनलाई आधिकारिक रुपमा अभियोग लगाइएको छ l

मेरिल्याण्ड राज्यको फ्रेडेरिक काउन्टीका प्रहरी अधिकारीले छापा बिज्ञप्ति जारी गर्दै थरमन्ट कि १८ बर्षिय निकोल सिभारियो लाई पक्राउ आदेश जारी गरेको छ l र उनलाई हिरासतमा लिइएको छ l

गत हप्ता उनको नाम गल्ति भएकोमा आज मार्च ३१ तारिख शुक्रबार नाम सच्याएको छ l उनलाई दुई वटा घोर अपराध को मुद्धा लगाइएको छ l यसको साथै ध्वंसात्मक उपकरण को प्रयोग समेतको आरोप लाग्ने छ l

उनि संग प्रहरीले बन्दुक,गोलाबारूद ,बम बनाउने सामग्री को साथै पडकाका सामानहरु जफत गरिएको जनाएको छ l उनको घर बाट गत मार्च २३ तारिख समान पाइएको थियो l १८ बर्षिय निकोलका पिताले प्रहरीलाई कथित गुप्त योजना बारेमा जानकारी गराएको एसोसिएट प्रेसले समाचार लेखेको छ l

तस्बिर सौजन्य : एसोसिएट प्रेस/फ्रेडेरिक काउन्टीका प्रहरी
.

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...