Sunday, March 12, 2017

स्विटजरल्याण्डमा भूकम्पको धक्का

स्विटजरल्याण्डको क्यान्टोन स्वाइजमा सुरुमा र दोश्रो पटक क्यान्टोन ग्लारुस लाइ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । स्विस भूकम्प मापन केन्द्रका अनुसार ४.६ रेक्टर स्केलको उक्त भूकम्प र पछि गएको पराकम्प महसुस गर्न सकिने गरि आएको तर केहि क्षेती नपुर्याएको जनाएको छ ।

स्विटजरल्याण्डमा बर्षौ पछि आएको उक्त पराकम्पमा परि कुनै भौतिक र मानबिय क्षती नभए पनि केन्द्रबिन्दु भएका क्यान्टोनहरुमा केहि स्थानीय आतंकित भएको र प्रहरीलाइ फोन गरेको प्रहरीले स्विस समाचार एजेन्सीलाइ बताएको छ । क्यान्टोन ग्लारुसको भबन बिमा सस्थाले भने अहिले सम्म ठुलो क्षतिको रिपोर्ट नआएको तर सामान्य भित्ता चर्किएको,पानीको पाइप फुटेर पानि चुहिएको लगाएतका दस सामान्य रिपोर्टहरु बिमामा दर्ता भएको जनाएको छ ।

एता यै भूकम्प गएको अवसर पारेर स्विसको योंग ग्रिन पार्टीले स्विसका आडबिक भट्टीको सुरक्षा माथि प्रश्न चिन्न उठाएको छ । उक्त पार्टीका अनुसार स्विसका आडबिक कारखानाहरु पुराना भएका र यो भन्दा केहि ठुला कम्पन आए त्येसले भयाभह अबस्था ल्याउन सक्ने भन्दै सचेत गराएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...