Saturday, March 11, 2017

यूपी र उत्तराखण्डमा भाजपाको एकलौटी, पञ्जाब र गोवामा कांग्रेस अगाडी

काठमाडौं, फागुन २८ । भारतको पाँच राज्यमा विधानसभाका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । अहिलेसम्मको मत परिणाममा उत्तर प्रदेश, उत्तराखण्डमा भारतीय जनता पार्टीको एकलौटी सरकार बन्ने देखिएको छ भने पञ्जाव र गोवामा कांग्रेसको अग्रता देखिएको छ ।

मणिपुरमा कांग्रेस र भाजपाको प्रतिस्पर्धा चलिरहेको छ । निकै महत्वपूर्ण मानिएको भारतकै ठूलो राज्य उत्तर प्रदेशको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको जबरजस्त लहर देखिएको छ । संसद्को निर्वाचनमा झै विधानसभामा पनि भाजपाको बर्चस्व कायम हुने देखिएको छ । यी राज्यमा आउने परिणामसँग भारतीय प्रधानमन्त्री मोदीको लोकप्रियता दाँजिने बताइएका बेला मोदी लहर सिद्ध भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

झण्डै एक महिना लगाएर विभिन्न चरणमा गरिएको निर्वाचनको मतपरिणामले अखिलेश यादवको समाजवादी पार्टी र राहुल गान्धीको कांग्रेस आईको गठबन्धनलाई मतदाताले रुचाएको देखिएन भने समाजवादी पार्टीभित्रको घरेलु झगडा पनि कारक बनेको देखिएको छ ।

सात चरणमा गरिएको मतदानमा मायावतीको बहुजन समाजवादी पार्टीले पनि खासै प्रगति गर्न सकेको देखिएन । उत्तर प्रदेशमा ४०३, पञ्जाबमा ११७, उत्तराखण्डमा ७०, मणिपुरमा ६० तथा गोवामा ४० सीटका लागि मतदान गरिएको हो । (एजेन्सी)

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...